दर्जनभन्दा बढी बैंकहरूले घटाए ब्याजदर

दर्जनभन्दा बढी बैंकहरूले घटाए ब्याजदर दर्जनभन्दा बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ । साेमबार सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशतविन्दु थियो । अहिले औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको हो । १३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् । प्रभु बैंक…

सुनकाे मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ

सुनकाे मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि असोज ३१ गतेको मूल्य रेकर्ड अघिल्लो दिन आइतबार मात्रै तोडिएको थियो । अघिल्लो दिन २ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसअघि असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेको…

बैंकमा थुप्रिएको पैसा तान्न २ खर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

बैंकमा थुप्रिएको पैसा तान्न २ खर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक बजारमा कर्जाको माग नभएर बैंकहरूमा पैसा थुप्रिएपछि केही समययता राष्ट्र बैंकमा लगेर जम्मा गर्ने क्रम बढेको छ। यसरी राष्ट्र बैंकमा जम्मा गरिएको रकम ८ खर्ब ७२ अर्ब रूपैयाँ पुगेको छ। अहिले बैंकहरूमा निक्षेप रकम ७५ खर्ब ३५ अर्ब र कर्जा लगानी ५६ खर्ब ५८ अर्ब रूपैयाँ पुगेको छ। यस अनुसार बैंकहरूसँग कर्जा लगानी गर्न सक्ने रकम ११ खर्ब बराबर छ। यसमध्ये ८ खर्ब ७२ अर्ब रूपैयाँ राष्ट्र बैंकमा जम्मा गरिएको हो। राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीबाट यस्तो पुँजी उठाउन बन्ड (ऋणपत्र) नै जारी गर्ने तयारी गरेको छ। राष्ट्र…

पाेखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

पाेखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। एक चिनियाँ कम्पनीविरूद्ध पनि मुद्दा दर्ता गरिएको छ। विशेष अदालतमा आइतबार दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ बिगो कायम गरिएको छ। भ्रष्टाचार मुद्दा दायर भएका पूर्वमन्त्रीमा पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्य छन् । यीमध्ये पूर्वमन्त्री बोगटीको मृत्यु भइसकेकाले उनकी श्रीमती राममायालाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । अर्का पूर्वमन्त्री डा. महत अल्जाइमर्स रोग लागेर…

घरजग्गा काराेबार गर्ने कम्पनीलाई म्याद थप

घरजग्गा काराेबार गर्ने कम्पनीलाई म्याद थप भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मंसिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो । घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीका हकमा कार्यक्षेत्र समेत तोकेको थियो । विभागले पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकालाई कार्यक्षेत्रका रुपमा परिभाषित गरेको थियो…

साढे ८ तोला सुन बोकेको भेटिएपछि निगमका विमान परिचालक तिवारी निलम्बित

साढे ८ तोला सुन बोकेको भेटिएपछि निगमका विमान परिचालक तिवारी निलम्बित नेपाल वायुसेवा निगम (नेवानि) ले विमान परिचालक (स्टेवार्ड) सन्देश तिवारीलाई निलम्बन गरेको छ । २७ नोभेम्बरका दिन ‘आरए २४०’ दोहा-काठमाडौं उडान क्रममा १ सय ग्राम (साढे ८ तोला) सुन बोकेको देखिएपछि उनी छानबिनमा परेका छन् । छानबिन नसकिएसम्म वा बढीमा तीन महिनासम्म निलम्बन गर्न सकिने कानुनी प्रावधान अनुसार उनी निलम्बनमा परेको नेवानिले जनाएको छ । उनले साथमा १ सय ग्राम सुन बोकेको दोहा विमानस्थलका सम्बन्धित भन्सार पदाधिकारीको सोधपुछ तथा खानतलासीका क्रममा पुष्टि भएको थियो । दोहास्थित स्टेसन म्यानेजर समेतको रोहवरमा समस्या समाधान गर्ने क्रममा उक्त उडान ३०/३५ मिनेट ढिला…

एक हजार दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई टेण्डर

एक हजार दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई टेण्डर नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नोट छाप्ने तयारी गरेको छ । जसका लागि राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई टेण्डर दिएको छ । नोट छपाइका लागि राष्ट्र बैंकको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा चिनियाँ कम्पनीले टेण्डर पाएको हो । टेण्डर पाएको चाइना बैंक नोट मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशनसँग राष्ट्र बैंकले करार सम्झौता गरेको छ । उक्त कम्पनीले एक करोड ६९ लाख ८५ हजार डलरमा नोट छाप्ने ठेक्का पाएको राष्ट्र बैंकले जनाएको छ । नोट छपाइका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।

लाइन जाेडेका उद्योगीहरूसँग प्राधिकरणले माग्याे दोस्रो किस्ता

लाइन जाेडेका उद्योगीहरूसँग प्राधिकरणले माग्याे दोस्रो किस्ता नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगीहरूसँग फेरि दोस्रो किस्ता रकम माग गरेको छ । प्राधिकरणका वितरण केन्द्रहरूले मंगलबारदेखि सम्बन्धित उद्योगहरूलाई पत्राचार गर्दै दोस्रो किस्ता पनि बुझाउन पत्र पठाएका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको पहिलो किस्ता बुझाएका उद्योगलाई दोस्रो किस्ता पनि समयमा बुझाउन ताकेता सुरु गरिएको बताए । उनले भने, ‘बक्यौता विवाद अब समाधान उन्मुख रहेकाले पहिलो किस्ता तिर्ने उद्योगहरूले दोस्रो किस्ता पनि तिर्नेमा हामी आशावादी छौँ । त्यही आधारमा पत्र पठाउन थालेका हौँ ।’ उद्योगीहरुका अनुसार प्राधिकरणले पठाएको…

वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क वृद्धि

वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क वृद्धि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढाउन परिपत्र गरेको छ । मन्त्रालय बुधबार मेडिकल शुल्क बढाउन भन्दै सम्पूर्ण मेडिकल व्यवासायीहरुको नाममा परिपत्र गरेको हो । मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क रु ९५०० अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न परिपत्र गरेको छ । पूर्व श्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए । त्यतिबेला विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो। अहिले फेरि मन्त्री नभएको बेलामा परिपत्र…

सहकारी संस्थाको दर्ता अभिलेखीकरण सुरु

सहकारी संस्थाको दर्ता अभिलेखीकरण सुरु राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण सुरु गरेको छ । बुधवार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै प्राधिकरणले डिजिटल प्रणालीमार्फत अभिलेखीकरणको सुरुवात गरेको हो । सहकारी संस्थाहरूको नियमन, अनुगमन र सुपरीवेक्षणलाई प्रभावकारी बनाउन ‘सेकेन्ड टायर इन्स्टिच्युसन’ को रूपमा स्थापना भएको प्राधिकरणले अब सहकारीहरूलाई सञ्चालन अनुमति पत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले सहकारी क्षेत्रको बेथितिलाई व्यवस्थित गर्न र प्रभावकारी नियमनका लागि सहकारी ऐनको व्यवस्था बमोजिम प्राधिकरणले अभिलेखीकरण थालेको बताए । बचत तथा ऋणको कारोबार गर्ने सहकारीका हकमा यो अनिवार्य रहेको उनको…