दुमो बचत सहकारीको अध्यक्षमा जीबन मंग्राती
दुमो बचत सहकारीको अध्यक्षमा जीबन मंग्राती काभ्रेको बनेपा नगरपालिका–४,मा रहेको दुमो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीवन मंग्राती निर्वाचित भएका छन्। संस्थाको १६ औं वार्षिक साधारण सभा र ५ औं अधिवेशनले मंग्रातीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिमा उपाध्यक्षमा कृष्णमाया मिजार, सचिवमा कुमार रम्तेल, कोषाध्यक्षमा केशब बोगटी र सदस्यमा मिलन परियार, विकास रम्तेल र निरमाया खड्का रहेका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामकृष्ण परियार र सदस्यमा शिवहरि मिजार तथा कृष्णबहादुर बोगटी चयन भएका छन्। साधारण सभा क्षेत्रगत रूपमा १२ ठाउँमा इकाई भेला गरी सम्पन्न भएको थियो। सहकारीको हाल १ करोड ५६ लाख सात हजार ६ सय रुपैयाँ शेयर…