दुमो बचत सहकारीको अध्यक्षमा जीबन मंग्राती

दुमो बचत सहकारीको अध्यक्षमा जीबन मंग्राती काभ्रेको बनेपा नगरपालिका–४,मा रहेको दुमो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीवन मंग्राती निर्वाचित भएका छन्। संस्थाको १६ औं वार्षिक साधारण सभा र ५ औं अधिवेशनले मंग्रातीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिमा उपाध्यक्षमा कृष्णमाया मिजार, सचिवमा कुमार रम्तेल, कोषाध्यक्षमा केशब बोगटी र सदस्यमा मिलन परियार, विकास रम्तेल र निरमाया खड्का रहेका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामकृष्ण परियार र सदस्यमा शिवहरि मिजार तथा कृष्णबहादुर बोगटी चयन भएका छन्। साधारण सभा क्षेत्रगत रूपमा १२ ठाउँमा इकाई भेला गरी सम्पन्न भएको थियो। सहकारीको हाल १ करोड ५६ लाख सात हजार ६ सय रुपैयाँ शेयर…

नबिल बैंकले जारी गर्‍याे नयाँ डेबिट कार्ड

नबिल बैंकले जारी गर्‍याे नयाँ डेबिट कार्ड नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, “बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेविट कार्ड जारी गरिएको हो ।” मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि…

तीन महिनामा ५ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो

तीन महिनामा ५ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो देशको अर्थतन्त्रलाई टेवा दिने प्रमुख आधार विप्रेषण (रेमिट्यान्स) आप्रवाह चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा (असोज महिनासम्म) उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो । यो वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको भन्दा ३५.४ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या बढ्दै गएपछि उनीहरूले पठाउने रेमिट्यान्स पनि बढ्दै गएको छ…

कार्बन उत्सर्जन घटाएबापत नेपालले पायो १ अर्ब १९ करोड

कार्बन उत्सर्जन घटाएबापत नेपालले पायो १ अर्ब १९ करोड तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको छ । यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आज एक विज्ञप्ति निकालेर जनाएको छ । बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर…

डीआईजी ईश्वर कार्की एआईजीमा सिफारिस

काठमाडौं — गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पदोन्नतिपछि रिक्त रहेको एआईजी पदमध्ये एकका लागि शुक्रबार बसेको बढुवा समितिको बैठकले कार्कीको नाम अघि सारेको हो। कार्की हाल कोसी प्रदेश प्रहरीमा जिम्मेवारी सम्हालिरहेका छन्। बढुवा समितिको सिफारिसपछि छिट्टै मन्त्रिपरिषद्बाट औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ।

यातायातकाे डेटा सेन्टरमा फेरि समस्या

यातायातकाे डेटा सेन्टरमा फेरि समस्या यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको छ । १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ । इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ । २३ र २४ भदौको आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए । विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको हो ।

नेपालको आर्थिक वृद्धिदर सुस्त हुने विश्व बैंककाे प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर सुस्त हुने विश्व बैंककाे प्रक्षेपण गत भदौको जेनजी आन्दोलन र त्यसपछि छाएको राजनीतिक अस्थिरताले नेपालको आर्थिक वृद्धिदर सुस्त हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतबाट २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । त्यसपछिको दुई आवमा भने पुनर्निर्माणका काम हुने र त्यसले आर्थिक वृद्धिदर ४.७ प्रतिशतसम्म पुग्ने अनुमान विश्व बैंकको छ । बिहीबार सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुने अनुमान छ । यद्यपि, यो प्रक्षेपण अझै पनि अनिश्चित रहेको विश्व बैंकले उल्लेख गरेको छ । राजनीतिक परिवर्तनको सफलता र दिगो सुदृढ आर्थिक…

ताेलामा २ लाख ५० हजार नाघ्याे सुन

ताेलामा २ लाख ५० हजार नाघ्याे सुन बुधबारको तुलनामा बिहीबार एक तोला सुनको मूल्य पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मूल्य पनि तोलामा १७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ मा कारोबार भइरहेको छ । बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० र चाँदी तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।

सहमतिकाे भाेलिपल्टै मेलम्ची जाने सडक स्तराेन्नति गर्न टेन्डर

सहमतिकाे भाेलिपल्टै मेलम्ची जाने सडक स्तराेन्नति गर्न टेन्डर मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिबीच मंगलबार भएको समझदारी कार्यान्वयन क्रममा सडक डिभिजन कार्यालय चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरेको हो । मेलम्ची—अम्बाथान—मेलम्चीघ्याङ सडकखण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीन प्याकेजमा विभाजन गरी टेन्डर गरिएको हो । सडक निर्माण लगायत विभिन्न समझदारी भएपछि २० कात्तिकदेखि मेलम्ची खेलाको पानी सुरुङमार्फत काठमाडौं उपत्यकामा ल्याउने दिन स्थानीय सहमत भएका थिए । यसअघि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार अबेर सरकार र…

हयात हाेटलले निकाल्याे सबै कर्मचारी

हयात हाेटलले निकाल्याे सबै कर्मचारी हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुर मंसिर २२ गतेभित्र बिदा दिन निर्देशन दिएका छन् । उनले श्रमिकको व्यवस्थापनसम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन…