नाडाकाे विशेष साधारणसभा राेक्न निर्देशन
नाडाकाे विशेष साधारणसभा राेक्न निर्देशन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बोलाएको साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । सभा गर्न लागिएको कारणसहित आवश्यक कागजात लिएर ७ दिनभित्र कार्यालयमा उपस्थित हुन नाडालाई भनिएको छ । नाडाले बोलाएको विशेष साधारण सभा गैरकानूनी भएको भन्दै कार्यालयमा निवेदन परेको थियो । विधान संशोधनबारे पटक पटक छलफल भए पनि उक्त विवाद समाधान हुन सकेको छैन । यस्तो अवस्थामा साधारण सभा बोलाउनुको कारण लिएर कार्यालयमा आउन निर्देशन दिइएको हाे । नाडालाई लेखिएको पत्रका भनिएको छ, ‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी यस कार्यालयमा भदौ १६ गते निवेदन दर्ता…