५.७४ अंकले बढ्याे नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५.७४ अंकले बढेर बन्द भयाे । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो ।

कारोबार समेत केही बढेर ३ अर्ब २१ करोड २२ लाखमा उक्लियाे । अघिल्लो दिन २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको १८ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भयाे भने चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख ५२ हजार रुपैयाँ बराबरको र अपी पावर कम्पनीको ७ करोड ७५ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बैंकिङ, जीवन बीमा, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक बाँकी ११ वटै उपसूचक धनात्मक भएका छन् । १५७ कम्पनीको सेयर मूल्य बढ्दा ८२ वटाको मूल्य घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को मूल्य ९.९७ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

५.७४ अंकले बढ्याे नेप्से