कस्तो अवस्थामा खाता रोक्का तथा फुकुवा गर्न सकिन्छ ?

नेपाल राष्ट्र बैंकले खाता रोक्का तथा फुकुवाको लागि स्पष्ट व्यवस्था गर्न विनियमावली जारी गरेको छ ।

विभिन्न कारणले खाता रोक्का तथा फुकुवामा देखिएको अन्यौलता विनियमावलीले हटाउने नेपाल राष्ट्र बैंकले बताएको छ ।

‘बैक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट विनियमावली तर्जुमा गरी लागू गरिएको छ,’ बैंकले भनेकाे छ ।

कुनै इजाजतपत्र प्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरि खाता रोक्का गर्नुको स्पष्ट कारण खुलाई प्राकृतिक व्यक्तिले राष्ट्र बैंकलाई लिखित अनुरोध गरेमा तुरुन्त खाता रोक्का हुनेछ ।

आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अङ्कमा) र खाता रहेको बैंकको विवरण पेश गर्नुपर्नेछ । खाता रोक्काको पत्र इमेल मार्फत समेत पठाउन सकिने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

फुकुवाका लागि भने खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीले आंशिक रोक्का रहेको खाता फुकुवा, निश्चित रोक्का रहेको खाता फुकुवा वा सम्पूर्ण रोक्का रहेको खाता फुकुवा गर्न अनुरोध गरेबमोजिम रोक्का रहेका खाता फुकुवा गर्न राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई निर्देशन दिनेछ । तर, रोक्का रहेको खाता अदालतको आदेशबमोजिम फुकुवा गर्न इजाजतपत्रप्राप्त संस्थालाई राष्ट्र बैंकको निर्देशन अनिवार्य हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

कस्तो अवस्थामा खाता रोक्का तथा फुकुवा गर्न सकिन्छ ?