सोलु हाइड्रोपावरको आईपीओ खुल्याे

सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि खुलेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको हो । यी समूहमा आईपीओ बाँडफाँटपछि मात्रै आम सर्वसाधारणका लागि निष्कासन हुनेछ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १ करोड कित्ता सेयर छुट्याइएको छ । सोलुखुम्बुको दुधकुन्ड नगरपालिका ७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिका १ का स्थानीयबासीलाई ४० लाख कित्ता, यी दुई पालिकाका ती वडाबाहेक अन्य वडालाई ६० लाख कित्ता सेयर छुट्याइएको छ ।

वैदेशिक रोजगारमा रहेकालाई १० लाख कित्ता सेयर छुट्याइएको छ । प्रभावित र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

प्रभावितका लागि छिटोमा मंसिर २१ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण सेयर बिक्री नभएमा पुस ७ गतेसम्म आवेदन खुल्ने छ । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई छिटोमा मंसिर १० र सो अवधिसभित्र सम्पूर्ण सेयर बिक्री नभएमा मंसिर २१ गतेसम्म आवेदन खुल्नेछ ।

प्रभावितले ग्लोबल आईएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा तल्लो सोलु जलविद्युत् आयोजना कार्यालयमा विवरणपत्र प्राप्त गर्न तथा फारम भरेर बुझाउन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सोलु हाइड्रोपावरको आईपीओ खुल्याे