अरुण भ्यालीको हकप्रद सेयरका लागि आवेदन खुला

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरका लागि आवेदन खुलेको छ । फागुन १७ गते (बिहीबार) देखि खुला भएको हकप्रद सेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको हो । लगानीकर्ताले १ सय रुपैयाँ प्रतिकित्ता अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । यो हकप्रद सेयरको लागि माघ १५ गते बुक क्लोज भइसकेकाले माघ १४ गतेसम्म कायम सेयर धनीले आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1