शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप

भलिवल प्रतियोगितामा स्ट्रेन्थपार्टनरको रुपमा सहकार्य

नेपालको राष्ट्रिय खेल भलिबलको लोक प्रियता तीव्र रूपमा बढ्दै गइरहेकोछ । पछिल्लो समय खेल प्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित यहि जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको छ । 9th PM CUP – NVA WOMEN’S/MEN’S VOLLEYBALL LEAGUE – 2082 मा शिवम् सिमेन्टले लिमिटेड “स्ट्रेन्थ पार्टनर” को रूपमा सहकार्य गर्ने भएको छ ।राष्ट्रिय खेलको प्रबर्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको हो। हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव श्री रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिबका भी.पी. श्री निखिल अग्रवाल बीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।
यसअघि भलिवल नेपालको राष्ट्रिय खेल भईसकेपछि यसको प्रबर्धन गर्न विभिन्न गेमहरुमा सहकार्य गर्दै आईरहेको छ । जसअन्तर्गत शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला भलिबल कप प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेष्ट भलिवल लिग अन्र्तगत कर्णाली यशविस टिम प्रायोजन लगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका खेल कार्यक्रमहरूमा समेत प्रायोजन तथा सहकार्य गर्दै आएको थियो। 9th PM CUP – NVA WOMEN’S/MEN’S VOLLEYBALL LEAGUE – 2082 यहि जेठ ८ गते देखि जेठ १५ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना हुने छ, जहाँ प्रत्येक खेलमा करिब ३ हजारदेखि ४ हजारसम्म दर्शकहरु को उपस्थिति रहने नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगितामा कुल १४ टिमहरु सहभागि हुनेछन्, जसमा ६ महिला टिम र ८ पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ । भलिबल,क्रिकेट, फुटबल, म्याराथनजस्ता लोकप्रिय खेलकुद कार्यक्रमहरूमा विगतका वर्ष देखि निरन्तर सहभागिता जनाउँदै आएको र शिवम् सिमेन्टले आगामी दिनहरूमा पनि यस्ता गतिविधिमाथप सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप