यसरी हुन्छ क्यासिनाेमा ठगी

नेपालमा क्यासिनो इभेन्ट गरी तासमा चिप र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोह पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेकालाई सार्वजनिक गरिएको हो । काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोमा इभेन्ट नै आयोजना गरी उनीहरूले तासमा चिप र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुरेश माहाजन, दिनेश बर्मा, विक्रम सिंह , प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे छन् । क्यासिनो सञ्चालक, विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेको एसपी पवनकुमार भट्टराईले बताए ।

डिसेम्बर ११ देखि १४ तारेखसम्म भारत र नेपालका विभिन्न समूह मिलेर क्यासिनो इभेन्ट आयोजना गरेका थिए । महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेको र चिप जडित ताज र विशेष प्रकारको लेन्सको जोहो गरेको भट्टराईले बताए ।

ठगी गर्नैका लागि ५० प्याकेट म्याग्नेट जडित तास र ४ सय लेन्स भारतबाट खरिद गरेर ल्याएको पाइएको छ । आँखामा विशेष प्रकारको लेन्स लगाएपछि तासको दुवैतर्फ देखिने र अन्य खेलाडीलाई ठगी गर्ने स्पष्ट नियत देखिएको अनुसन्धानबाट खुलेको छ ।

ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरी सञ्चालक सुरेश माहर्जन र दिनेश बर्माबीच सहमति भएको समेत अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका व्यक्तिका साथबाट प्रहरीले नेपाली र भारतीय रूपैया, चिप जडित तास, लेन्स, हवाई टिकटलगायतका सामान बरामद गरेको छ । वाल्डो क्यासिनोले समेत कानून उल्लंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरेर आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

यसरी हुन्छ क्यासिनाेमा ठगी