ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै आन्दोलन

पीडित–केन्द्रित नीति लागूको माग गर्दै ईपीएस विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।
एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रणाली अन्त्य गरी पीडित–केन्द्रित नीति लागू गर्न माग गर्दै बुधबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा अगाडि आन्दोलन गरेका हुन् ।
उनीहरुले इपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरूको फाइल अनिवार्य रूपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाइउनका लागि पनि माग गरेका छन् ।
लामो समय कुर्न बाध्य भएका पीडितहरूका लागि विशेष राहत तथा छुट व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।
प्रक्रियामा ढिलाइ हुँदा पीडित परिवारले भोग्नुपरेको आर्थिक÷मानसिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरुको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1