सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । दोहोरो अंकले परिसूचक बढे पनि मैलुङ खोला जलविद्युत कम्पनी, गुडविल फाइनान्स लिमिटेड, आइसीएफसी फाइनान्स र अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा ब्यहोरेका छन् । गत साताको दोस्रो कारोबारपछि नेप्से निरन्तर बढिरहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २१.०५ प्रतिशत नगद लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २१.०५ प्रतिशत नगद लाभांश घोषणा सेयरधनीका लागि नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । कम्पनीको बैठकले गत आर्थिक वर्षसम्मको संचित नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल ८ अर्ब २० करोड ६९ लाख ६६ हजार ५५४ रुपैयाँ चुक्ता पूँजी छ । कम्पनीको उक्त लाभांशमा १.०५ प्रतिशत बराबर कर प्रयोजनमा जाने कम्पनीले जनाएको छ । नेपाल बीमा प्राधिकरणबाट लाभांश स्वीकृत भएपश्चात तथा साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री

लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताएका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’ उद्घाटन गर्दै दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको दाहालले आश्वस्त पारे । उनले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको जानकारी गराए । उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’…

नयाँ स्टक लाइसेन्सकाे हानथापले बाेर्ड अध्यक्ष नियुक्तिमा अन्याेल

नयाँ स्टक लाइसेन्सकाे हानथापले बाेर्ड अध्यक्ष नियुक्तिमा अन्याेल नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हत्याउने विषयमा विचाैलिया दीपक भट्ट र आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच हानथाप हुँदा धिताेपत्र बोर्डको अध्यक्ष नियुक्ति अन्याेलमा परेकाे छ । नयाँ स्टक लाइसेन्स लिनकै लागि पावर ब्रोकरको रुपमा काम गर्दै आएका विचौलिया दीपक भट्टले यसअघि रमेश हमाललाई अध्यक्ष बनाएका थिए । तर, लाइसेन्सको विषयमा संसदीय समितिदेखि सर्वोच्च अदालतसम्म मुद्दा परेपछि हमालको कार्यकालमा भट्टको सपना पूरा हुन सकेन । भट्टले आफ्नो स्वार्थ अनुकुल हिमालयन स्टकलाई लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्याए पनि त्यसले पूर्णता पाउन सकेन । नयाँ स्टक लाइसेन्स दिनका लागि ३ वटा कम्पनीको आवेदन परेको थियो…

बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १८ हजार

बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १८ हजार बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको करिब साढे २ घण्टापछि यसको सेयर मूल्यमा सर्किट लागेको हो । यो सँगै यसको सेयर मूल्य प्रतिकित्ता १८ हजार २ सय ७६.५० रुपैयाँ कायम भएको छ । एक दिनमा यसका सेयर धनीले एक कित्ता बराबर १ हजार ६ सय ६१.५० रुपैयाँ कमाएका छन् । नेपसेमा यसको १९ लाख ४८ हजार ८ सय ८७ कित्ता सेयर सूचीकृत छ । यसमा ४ लाख ८७ हजार २ सय २१ कित्ता मात्र पब्लिक सेयर छ । यसको बजार पुँजीकरण ३२ अर्ब ३८ करोड ७ लाख…

धिताेपत्र बाेर्डकाे अध्यक्षका लागि १९ आकांक्षी

धिताेपत्र बाेर्डकाे अध्यक्षका लागि १९ आकांक्षी नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आकांक्षा राखेका छन् । बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० मा सकिएपछि नयाँ अध्यक्ष नियुक्तिकाे प्रक्रिया थालिएकाे हाे । अध्यक्ष सिफारिस गर्न सरकारले माघ ४ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । अध्यक्ष सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै फागुन १६ मा समितिले आवेदन खुला गरेको थियो । आवेदन दिने म्याद बुधबार सकिएको छ । अध्यक्षका लागि बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपालप्रसाद भट्ट, बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठलगायतले…

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । आइतबारदेखि लिलामीमा राखिएकाे सेयर खरिद गर्न चैत १२ भित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । न्यूनतम मूल्य ३१५ रुपैयाँ हुनुपर्नेगरी बोलकबोल आवेदन माग गरिएको छ । उच्च मूल्य दिएका आधारमा सेयर बाँडफाँट हुने क्यापिटलले जनाएको छ । न्यूनतम १५ हजार कित्ता र अधिकतम डेढ लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।

सेयर बजारमा तीव्र उतारचढाव

सेयर बजारमा तीव्र उतारचढाव वर्षमान पुनले अर्थमन्त्रीकाे शपथ लिएको भोलिपल्ट बिहीबार सेयर बजारमा तीव्र उतारचढाव देखियो । २०२०.९५ विन्दुबाट खुलेको (११ बजे) सेयर बजार तीव्र वृद्धि हुँदै १२ मिनेटमै २०४०.७४ विन्दुसम्म पुग्यो । त्यसपछि बजार फेरि घट्न थाल्यो । ११ः३० बजेसम्म बजार २०२२.७३ विन्दुमा झर्‍यो । बजारको तीव्र गिरावटपछि फेरि बढ्दै घट्दै गरेर अन्ततः २०३०.५५ विन्दुमा रोकियो । समग्रमा बजार ०.६७ प्रतिशतले बढ्याे । १३.५१ अंकले बढेको बजारमा होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ । बाँकी सबै समूहमा बढोत्तरी छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिख्र्वा हाइड्रोपावर, मध्य भोटेकोशी, बुद्धभूमि…

अरुण भ्यालीको हकप्रद सेयरका लागि आवेदन खुला

अरुण भ्यालीको हकप्रद सेयरका लागि आवेदन खुला अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरका लागि आवेदन खुलेको छ । फागुन १७ गते (बिहीबार) देखि खुला भएको हकप्रद सेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको हो । लगानीकर्ताले १ सय रुपैयाँ प्रतिकित्ता अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । यो हकप्रद सेयरको लागि माघ १५ गते बुक क्लोज भइसकेकाले माघ १४ गतेसम्म कायम सेयर धनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन…

अपर तामाकाेशीका सेयर आवेदककाे रकम फिर्ता बुधबारबाट

अपर तामाकाेशीका सेयर आवेदककाे रकम फिर्ता बुधबारबाट अपर तामाकोशीको लिलामी सेयर खरिदका लागि भन्दै रकम भुक्तानी गरेकाहरुले अझै रकम फिर्ता पाएका छैनन् । हालसम्म रकम नपाएकालाई बुधबार (फागुन १६) देखि रकम फिर्ता गर्ने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएकाे छ । अपर तामाकाेशीले हकप्रद निष्कासनमा नबिकेको सेयर पुस १३ देखि २९ गतेसम्म लिलामी बिक्रीका लागि आवेदन खोलेको थियो । लिलामी सेयर नपाउनेहरुलाई क्यापिटलले माघ २२ देखि रकम फिर्ता प्रक्रिया थालेको थियो । तर कतिपयको बैंक खाता नम्बर र विवरण नमिलेकाले रकम फिर्ता हुन नसकेको सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।