बैंक तथा वित्तीय संस्थाप्रति कठोर बन्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाप्रति कठोर बन्दै राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको कर्मचारीप्रति नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुने भएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंकका कुनै पदाधिकारी, कर्मचारीको लापरबाहिको कारणले क्षति भएको देखिएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले संस्थाको विनियमावली बमोजिम कारबाही गर्नु पर्ने व्यवस्था गरेको छ । संस्थाले कारबाही नगरेको खण्डमा नेपाल राष्ट्र बैंकले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारबाही गरी त्यसरी कारबाही नगर्ने संस्थाको सञ्चालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनको अवस्था, विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाखदेखि ५ करोड रुपैयाँसम्मको जरिवाना वा पदबाट हटाउने वा दुवै कारबाही गर्न सक्ने व्यवस्था गरेको छ ।

सिद्धार्थ बैंकको अचम्मको योजना, ग्राहकवर्गलाई भयो फाइदा

सिद्धार्थ बैंकको अचम्मको योजना, ग्राहकवर्गलाई भयो फाइदा सिद्धार्थ बैकले ल्याएको दशैं २ गुणा रिवार्ड अफर अन्तर्गत बैंकका ग्राहकहरुले असोज ११ देखि ३० गतेसम्म गरिएको कार्ड मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढि प्वइन्ट प्राप्त गर्न सक्ने भएका छन । यो योजना ले ग्राकलाई मनग्य फाइदा हुने भएको छ । बैंकले सञ्चालनमा ल्याएको यो सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत आफ्ना ग्राहले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी खरिद (POS tyf E-commerce) र मोबाइल बैकिङबाट गरेकोे टपअपको आधारमा रिवार्डमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्ने भएको छ । ग्राकको हितलाई मध्यनजर गरी बैंकले यो योजना पसकेको हो । यो आर्जन भएको प्वइन्टलाई…

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्‍याडिसन होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम…

कस्तो अवस्थामा खाता रोक्का तथा फुकुवा गर्न सकिन्छ ?

कस्तो अवस्थामा खाता रोक्का तथा फुकुवा गर्न सकिन्छ ? नेपाल राष्ट्र बैंकले खाता रोक्का तथा फुकुवाको लागि स्पष्ट व्यवस्था गर्न विनियमावली जारी गरेको छ । विभिन्न कारणले खाता रोक्का तथा फुकुवामा देखिएको अन्यौलता विनियमावलीले हटाउने नेपाल राष्ट्र बैंकले बताएको छ । ‘बैक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट विनियमावली तर्जुमा गरी…

थप हवाई रुटका लागि भारतलाई आग्रह

थप हवाई रुटका लागि भारतलाई आग्रह नेपाल सरकारले थप हवाई रुटका लागि भारतलाई फेरि आग्रह गरेको छ । भारतमा आयोजना गरिएको नागरिक उड्डयन सम्बन्धी दोस्रो एसिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भारत सरकारलाई यस्तो आग्रह गरेका हुन् । लुम्बिनी र पोखरामा रहेको अन्तर्राष्ट्रिय एयरपोर्टका लागि भारतले थप रुट उपलब्ध नगराएका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । हाल दुवै एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको छैन । पर्यटनमन्त्री पाण्डेले बिहीबार भारतका नागरिक उड्डयमन्त्री राममनोहर नायडु किन्जरापुसँगको भेटमा थप हवाई रुट उपलब्ध गराउन आग्रह गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।…

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स’ को दुई विधामा सम्मानित

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स’ को दुई विधामा सम्मानित ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । सिंगापुरमा बिहीबार आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरूमा बैंकले गरेको…

यसपालि नयाँ हैन, सुकिला नाेट !

यसपालि नयाँ हैन, सुकिला नाेट ! राष्ट्र बैंकले यसपटकको दशैंको लागि नयाँ नाेट वितरण नगर्ने भएकाे छ । पुरानै सुकिला नाेट भने असोज १३ गतेदेखि साट्न पाइने भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रादेशिक कार्यालयबाट नोट साट्न पाइने छ । असोज २२ गतेसम्म नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगन्ज र धनगढीको प्रादेशिक कार्यालयबाट नोट साट्न पाइनेछ । एक व्यक्तिले ५ देखि एक सय सम्मका साना दरका नोट एक एक प्याकेटका दरले १८ हजार ५ सय रुपैयाँ पाउने सहायक प्रवक्ता डा.डिल्लिराम पोखरेलले बताए । यद्यपि आफ्नो खाता रहेको…

बैंकमा थुप्रियाे ६ खर्ब ऋणयाेग्य रकम

बैंकमा थुप्रियाे ६ खर्ब ऋणयाेग्य रकम यतिबेला बैकिङ प्रणालीमा ६ खर्बभन्दा बढी ऋणयाेग्य रकम थुप्रिएकाे छ । अहिले बैकिङ प्रणालीमा ६४ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । निक्षेपको ९० प्रतिशतसम्म बैंकहरुले कर्जा लगानी गर्न पाउँछन् । अहिले कर्जा लगानी ५१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ । यस आधारमा ९० प्रतिशतसम्म कर्जा लगानी हुँदा ५८ खर्ब २२ अर्ब रुपैयाँ हुन्थ्यो तर अहिले औसतमा ७८.९८ प्रतिशतसम्म कर्जा लगानी भएको देखिन्छ । बजारमा चहलपहल बढ्ने र बढी व्यापार हुने चाडबाडकै सिजनमा आयातका नाममा बैंकिङ प्रणालीबाट ऋण प्रवाह बढ्ने अनुमान गरिए पनि त्यस्ताे हुन सकेकाे छैन ।…

Read more about the article चेक बाउन्समा दुई वर्षसम्म कैद !
अर्थ समितिको बैठकमा सहभागी सदस्य काठमाडौँ, २३ भदौः सङ्घीय संसदअन्तर्गत आइतबार सिंहदरवारमा बसेको अर्थ समिति बैठकमा सहभागी सदस्यहरु ।तस्बिरः नविन पौडेल÷रासस

चेक बाउन्समा दुई वर्षसम्म कैद !

चेक बाउन्समा दुई वर्षसम्म कैद ! चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आइतबार बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था गर्ने सहमति भएको हो । १५ लाखसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ…

फोनपेको बोहनीले व्यवसायीलाई फाइदा

फोनपेको बोहनीले व्यवसायीलाई फाइदा फोनपेले देशभरका व्यवसायीलाई लक्षित गर्दै आफ्नो पहिलो भुक्तानी सेवा बोहनी सुरु गरेकाे छ । यसले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ। फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा व्यवसायीले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुका साथै उधारो दिनुपर्ने झन्झटलाई सजिलै टार्न पनि सक्नेछन्। अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्युआरमार्फत भुक्तानी लिएको हुनु पर्नेछ । यस अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ EV Scooter जित्ने अवसर पनि प्राप्त गर्नेछन् । फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार…