पाँचाैं पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा हुने
पाँचाैं पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा हुने पाँचौं संस्करणको पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा काठमाडौंमा हुने भएको छ । नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल भावका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको परिसंघले जनाएको छ । सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने अग्रवालकाे भनाइ छ । कार्यक्रममा लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद…