कस्तो अवस्थामा खाता रोक्का तथा फुकुवा गर्न सकिन्छ ?

कस्तो अवस्थामा खाता रोक्का तथा फुकुवा गर्न सकिन्छ ? नेपाल राष्ट्र बैंकले खाता रोक्का तथा फुकुवाको लागि स्पष्ट व्यवस्था गर्न विनियमावली जारी गरेको छ । विभिन्न कारणले खाता रोक्का तथा फुकुवामा देखिएको अन्यौलता विनियमावलीले हटाउने नेपाल राष्ट्र बैंकले बताएको छ । ‘बैक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट विनियमावली तर्जुमा गरी…

रुपन्देहीकाे स्टार सहकारीमा बचतकर्ताको धर्ना

रुपन्देहीकाे स्टार सहकारीमा बचतकर्ताको धर्ना रुपन्देहीको सैनामैनास्थित मुर्गियामा रहेको स्टार बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा समस्या उत्पन्न भएको छ । सदस्य सेवा केन्द्रको रुपमा रहेको यस सहकारीले एक करोडभन्दा बढी बचत रकम फिर्ता गर्न आनाकानी गर्दा बचतकर्ता विचल्लीमा परेका हुन् । मजदुर, किसान, सैलुन व्यवसायी जो आर्थिक रुपमा कमजाेर भएका बचतकर्ता बढी मारमा परेको जनाएका छन् । इलाका प्रहरी कार्यालयमा बिहीबार ४ सयभन्दा बढी बचतकर्ताको पुगेर धर्ना दिएको सहभागीको दाबी छ । इलाका प्रहरी कार्यालय रन्यौराले स्टार बहुउद्देश्यीय सहकारी संस्था सदस्य सेवा केन्द्र सैनामैनाका अध्यक्ष चिरञ्जिवी भण्डारीलाई नियन्त्रणमा लिएको छ ।बचतकर्ताले आफूहरुले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने…

हिरोले ल्यायो ‘एक्कासि मालामाल’ दसैँ तिहार अफर

हिरोले ल्यायो 'एक्कासि मालामाल' दसैँ तिहार अफर सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरखरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासिमालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलकोमोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मकोस्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्ने अफर पनि ल्याएको छ । कम्पनीले ‘ दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ…

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले यथाशीघ्र प्यान अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इ–टिडिएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक छ । बैंकका अनुसार प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण प्रविष्ट गरिने भएकाले आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान हुन्छ ।जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टीप्रमाणपत्र र कर…

जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता दिने

जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता दिने नेपाललाई जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता दिने भएको छ । जर्मनीको राजधानी बर्लिनमा सम्पन्न नेपाल सरकार र जर्मन सरकारकारबीचकाे विकास सहायतासम्बन्धी द्विपक्षीय वार्तामा आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी उक्त रकम उपलब्ध गराउने सहमति भएकाे हाे । उक्त सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो । वार्ताको क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल…

किसानकाे बक्याैता भुक्तानी गर्न सरकारले डीडीसीलाई ६० करोड ऋण दिने

किसानकाे बक्याैता भुक्तानी गर्न सरकारले डीडीसीलाई ६० करोड ऋण दिने सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि शर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । भदौ १७ गते अर्थ मन्त्रालयले शर्तसहित ऋणका लागि सहमति दिएपछि मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानको बाँकी बक्यौताका लागि ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । अर्थबाट उक्त रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको थियो । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी…

कुमारीले ल्यायाे क्युआर मर्चेन्ट फोन लोन सुविधा

कुमारीले ल्यायाे क्युआर मर्चेन्ट फोन लोन सुविधा कुमारी बैंकले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ । उद्यमशीलता प्रवर्द्धनका लागि 'देशैभरि वर्षैभरि' उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरूलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले यो योजना सञ्चालन गरिरहेको हो । यस योजना अन्तर्गत उद्यमीहरूले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरूमा आफ्ना व्यवसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरू लगातार ४ हप्ता भई मासिक कम्तीमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरूले दुई लाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि…

ग्लोबल आइएमई बैंककाे ग्लोबल जुनियर एप सार्वजनिक

ग्लोबल आइएमई बैंककाे ग्लोबल जुनियर एप सार्वजनिक ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङ्गको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समुहका बालबालिकाहरुले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्ने बैंकले जनाएकाे छ । यो एप मार्फत बालबालिकाले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले…

फोनपेको बोहनीले व्यवसायीलाई फाइदा

फोनपेको बोहनीले व्यवसायीलाई फाइदा फोनपेले देशभरका व्यवसायीलाई लक्षित गर्दै आफ्नो पहिलो भुक्तानी सेवा बोहनी सुरु गरेकाे छ । यसले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ। फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा व्यवसायीले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुका साथै उधारो दिनुपर्ने झन्झटलाई सजिलै टार्न पनि सक्नेछन्। अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्युआरमार्फत भुक्तानी लिएको हुनु पर्नेछ । यस अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ EV Scooter जित्ने अवसर पनि प्राप्त गर्नेछन् । फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार…

एनआईसी एसिया बैंक र यती एयरले दिए गज्जबको फाइदा

एनआईसी एसिया बैंक र यती एयरले दिए गज्जबको फाइदा एन आई सी एशिया बैंकले यती एयरलाइन्स सँगको सहकार्यमा NIC ASIA Sky Club Card सार्वजनिक गरेको छ। Visa Co–branded Card का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहक बर्गको लागि हित मूलक रहेको बैक ले बताएको छ । यो योजना ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नुहुनेछ । यस कार्डको प्रयोग गरेर यति एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहितअन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको हो । यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका…