बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त

बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हाे । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनलगत्तै सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो । बीमा प्राधिकरणको अध्यक्षका लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसारको योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायतका विषयमा प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको थियो । ओझालाई सरकारले गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । उनको योग्यतामा प्रश्न…

सेयर बजारका सबै सूचकमा गिरावट

सेयर बजारका सबै सूचकमा गिरावट साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.१४ अंक घटेको छ । सो गिरावटसँगै २७६१ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : २८ बजे नेप्से २८०३ अंकसम्म पुगेको थियो । त्यसपछि अन्तिमसम्म नै बजार निरन्तर ओरालोमा रह्यो । सेन्सिटिभ र फ्लोट सूचक पनि झरेका छन् । बजार घट्दा कारोबार रकम बढेको छ । ५८ कम्पनीको मूल्य बढ्दा १९१ को घटेको छ । कम्पनी सूचीकृत सबै समूहका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १.६४ प्रतिशत घट्यो । अन्य १.३४, निर्जीवन बीमा ०.६८, माइक्रोफाइनान्स…

बैंकहरुकाे नयाँ ब्याजदर सार्वजनिक

बैंकहरुकाे नयाँ ब्याजदर सार्वजनिक भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.५८ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर साउन महिनामा ५.६९ प्रतिशत विन्दु रहेको थियो । ब्याजदर बढाउनेमा प्रभु बैंक रहेको छ । घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंक रहेका छन् । अन्य बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ । भदौमा कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२० प्रतिशत कायम गरेको छ…

नाइमा नेपाल मोबिलिटी एक्स्पो १ लाखले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो १ लाखले गरे अवलोकन नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ १ लाखले अवलोकन गरेका छन् । ६ दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाखले अवलोकन गरेको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् । गत बुधबार(साउन २१ गते)देखि सोमबार (साउन २६ गते)सम्म चलेको एक्स्पोमा १ लाख अवलोकनकर्ताले अवलोकन गरेको अध्यक्षले दाबी गरिन् । नाइमाले पहिलो पटक आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पोमा उल्लेख्य रूपमा अवलोकनकर्ताको सहभागिता जनाएका हुन् ।त्यस्तै एक्स्पोमा कम्पनीहरूले गाडी खरिदमा अफरै–अफर दिएपछि बुकिङ पनि राम्रो भएको कम्पनीहरूले जनाएका छन् । पहिलो प्रयासमै…

माबिलुङ्ग इनर्जी लिमिटेडकाे आईपीओ निष्कासन

माबिलुङ्ग इनर्जी लिमिटेडकाे आईपीओ निष्कासन माबिलुङ्ग इनर्जी लिमिटेडले साधारण शेयर (आईपीओ) सोमबारदेखि निष्कासन गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भइसकेको छ । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, १ लाख ५० हजार ४७१ कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरूका…

बंगलादेशी कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने

बंगलादेशी कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण आगामी भदौदेखि सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको छनोटमा परेको हाउलादरले यसै साता नेपाल राष्ट्र बैंकसँग सम्झौता गरी काम सुरु गर्ने भएको हो । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा लिने क्रममा राखेका सर्तअनुसार १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने भनेको थियो । सोही अनुसार केन्द्रीय बैंकले सुरु गरेको दोस्रो प्रक्रिया टुंगोमा पुर्‍याउँदै करिब साढे ४ करोड लागतमा आगामी महिनादेखि लेखा परीक्षण नै सुरु हुने भएको हो ।…

सुनकाे मूल्यमा कीर्तिमान : ताेलामै २ लाख !

सुनकाे मूल्यमा कीर्तिमान : ताेलामै २ लाख ! नेपाली बजारमा सुन मूल्यले कीर्तिमान राखेको छ । सुनको मूल्य आज एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैयाँ कायम भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सेवा आयातमा विदेशी मुद्रा सटही सुविधा वृद्धि

सेवा आयातमा विदेशी मुद्रा सटही सुविधा वृद्धि नेपाल राष्ट्र बैंकले भारतबाहेक देशबाट सेवा आयात गर्दा प्रतिपटक विदेशी मुद्रा सटही सुविधा वृद्धि गरेको छ । केन्द्रीय बैंकले यसभन्दा अघि ५ हजार अमेरिकी डलर रहेको परिवर्त्य विदेशी मुद्रा सटही सुविधा ८ हजार डलर बराबर बनाएको हो । केन्द्रीय बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भारतबाहेक देशबाट सेवा आयात गर्न ८ हजार डलर बराबर विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था गरेको हो । त्यसैगरी केन्द्रीय बैंकले नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले प्रतिपटक ८ हजार डलरभन्दा बढीको विदेशी विनिमयमा दायित्व सिर्जना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नुपरे वा सेवाबापत…

११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर श्रीवास्तव पक्राउ

११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर श्रीवास्तव पक्राउ ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेका छन् । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् । सेयर कारोबारी दीपेन्द्र अग्रवालले सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका २ जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएको काठमाडौ प्रहरी परिसरले जनाएको छ । ‘मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख नपाएको भन्दै जाहेरी परेको थियो,’ परिसरका एक अधिकृतले भने, ‘ठगी कसुर सम्बन्धी…

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु काठमाडौंको भृकुटीमण्डपमा आज बुधबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा शुरु भएको नाइमा एक्स्पोको पहिलो दिनको सुरुवाती चरणमै नयाँ गाडी लञ्चको होडबाजी चल्यो । अधिकांश स्टलहरूमा नयाँ गाडीहरूको लञ्च गरियो । नाइमा एक्स्पो नयाँ तथा अत्याधुनिक सवारीसाधनको प्रदर्शनीसँगै विभिन्न कम्पनीबिच अफर र छुटको प्रतिस्पर्धाको केन्द्र बनेको छ । प्रदर्शनीमा सहभागी अटो मोबाइल कम्पनीहरूले आ–आफ्ना मोडेलमा आकर्षक छुट, सस्तो ब्याजदरमा फाइनान्स, एक्सचेन्ज अफर र विभिन्न गिफ्ट योजना प्रस्तुत गरेका छन् । एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी छन् । प्रदर्शनीमा १५ वटा दुई…