व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्ब बजेट छुट्याउन सुझाव

व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्ब बजेट छुट्याउन सुझाव व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन निर्यात व्यवसायीहरुले सरकारलाई सुझाव दिएका छन् । नेपाल हस्तकला महासंघले शुक्रबार नेपाल निर्यात परिषद् र फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरुकोे सम्मानमा आयोजना गरेको कार्यक्रममा निर्यात व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् । नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले अब व्यापार घाटा घटाउनका लागि ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन जरुरी रहेको बताए । उनले निर्यात गर्ने उद्योगीहरुका लागि छुट्टै संस्था वा विभाग नभएका कारण समस्या भइरहेको तर्क गरे । हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले निर्यात व्यवसायलाई…

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै नेपाल लिटरेचर फेस्टिभलका क्रममा यस वर्षदेखि खुकुरी फेन्ड्स अफ फेस्टिभल पनि हुने भएकाे छ ।पछिल्ला तीन संस्करणदेखि लिटरेचर फेस्टिभललाई साथ दिँदै आएकाे नेपाल डिस्टिलरीले दिएकाे जानकारी अनुसार पाेखराकाे फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलमा साङ्गीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी अनि उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहनेछन् ।खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र सङ्गीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय…

Read more about the article ५.७४ अंकले बढ्याे नेप्से
?????????????????????????????????????????????????????????

५.७४ अंकले बढ्याे नेप्से

५.७४ अंकले बढ्याे नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५.७४ अंकले बढेर बन्द भयाे । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो । कारोबार समेत केही बढेर ३ अर्ब २१ करोड २२ लाखमा उक्लियाे । अघिल्लो दिन २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो । सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको १८ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भयाे भने चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख ५२ हजार रुपैयाँ बराबरको र अपी पावर कम्पनीको ७…

नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि

नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले उल्लेखनीय प्रगति गरेकाे हाे । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमा शुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बीमा शुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको…

अन्नपूर्ण केबलकारकाे भ्यालेनटाइन्स अफर : एउटा टिकट किन्दा अर्को सित्तैमा

अन्नपूर्ण केबलकारकाे भ्यालेनटाइन्स अफर : एउटा टिकट किन्दा अर्को सित्तैमा पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेनटाइन्स डे’ का लागि विशेष अफर ल्याएको छ । अफर अन्तर्गत जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार याे अफर नेपाली नागरिकका लागि मात्र लागू हुनेछ । यस्तो अफर आगामी दिनहरूमा पनि ल्याउने कम्पनीले छ ।

२५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट

२५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट वितरण गरिने नेपाल सरकारले स्टार्टअप व्यवसायलाई दिने २५ लाख रुपैयाँसम्मको ऋण राष्ट्रिय वाणिज्य बैंकमार्फत वितरण हुने भएको छ । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच बुधबार सम्झौता भएको छ । यो सम्झाैतासँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने भएको हो । राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रुपैयाँ सम्म स्टार्टअप उद्यम कर्जा प्रदान गर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रूपमा राख्नेछ ।…

बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे ऋण तिर्नैपर्छ : अर्थमन्त्री

बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे ऋण तिर्नैपर्छ : अर्थमन्त्री अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताएका छन् । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनेहरूका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरूले ऋण तिर्नुपर्ने बताए । इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले बुधबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै उनले केही मानिसहरूले राजनैतिक निहित उद्देश्य लिएर ऋण तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर भएको टिप्पणी गरे । उनले अहिले सहकारीको रूप नै नरहेको र अनुगमन नभएकाे मौका उठाएर केही सञ्चालकहरूले दुरुपयोग गरेको बताए…

झन्डै १० अंकले बढ्याे नेप्से

झन्डै १० अंकले बढ्याे नेप्से सेयर बजार परिसूचक नेप्सेमा मंगलबार झन्डै १० अंकको वृद्धि भएको छ । अघिल्लो दिन १४ अंकले बढेको सूचकमा मंगलबार थप ९.४४ अंकको वृद्धि हुँदै २ हजार ८५.७१ अंकमा उक्लिएको हो । ९ अंकले नेप्से बढ्दा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल रि–इन्स्योरेन्सको ८ करोड ७४ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।…

दुई प्रतिशतले घट्याे मूल्य वृद्धि

दुई प्रतिशतले घट्याे मूल्य वृद्धि अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा २ प्रतिशतले मूल्य वृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत छ । २०८० पुस महिनामा घ्यूतथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत…

ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन

ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले ‘भ्यालेन्टाइन्स डे’ का लागि ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन ल्याएको छ । क्याम्पेनअन्तर्गत ग्राहकले ब्लाक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन् । डेकरका उत्पादनहरु स्टाइलिश, टिकाउ र भरपर्दो भएकाले आफ्नो नजिकको व्यक्तिलाई गिफ्ट दिन प्रभावकारी र उपयोगी हुने कम्पनीको भनाइ छ । ब्लाक एण्ड डेकरले सामाजिक सन्जालमा एक प्रतियोगिता पनि आयोजना गरेको छ । प्रयोगकर्ताले प्रतियोगिता पोस्टमा आफ्नो जोडीको फोटो कमेन्ट गर्नुपर्नेछ र पोस्ट लाइक शेयर गर्नु पर्नेछ र जसमध्ये एक भाग्यशाली बिजेताले ब्लाक एण्ड डेकरको कफि मेकर…