बंगलादेशी कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने
बंगलादेशी कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण आगामी भदौदेखि सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको छनोटमा परेको हाउलादरले यसै साता नेपाल राष्ट्र बैंकसँग सम्झौता गरी काम सुरु गर्ने भएको हो । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा लिने क्रममा राखेका सर्तअनुसार १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने भनेको थियो । सोही अनुसार केन्द्रीय बैंकले सुरु गरेको दोस्रो प्रक्रिया टुंगोमा पुर्याउँदै करिब साढे ४ करोड लागतमा आगामी महिनादेखि लेखा परीक्षण नै सुरु हुने भएको हो ।…