कृषि मन्त्रीको १०० दिने कार्ययोजना सार्वजनिक : अनुदान लिन किसान परिचयपत्र अनिवार्य
कृषि मन्त्रीको १०० दिने कार्ययोजना सार्वजनिक : अनुदान लिन किसान परिचयपत्र अनिवार्य असीम सापकाेटा कृषि अनुदान लिन किसान परिचयपत्र अनिवार्य गरिने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि अनुदानमा किसान परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको हो। कृषि अनुदान पहुँचका भरमा कागजी कृषकले मात्रै पाउने गरेको गुनासोका बीच मन्त्रालयले आगामी असोज मसान्तभित्र किसानको वर्गीकरणसहित परिचयपत्र वितरण शुरु गर्ने र कृषि अनुदानमा किसान परिचयपत्र अनिवार्य गर्ने बताएको हो। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले आइतबार आफ्नो एक सय दिनको कार्ययोजना सार्वजनिक गर्दै असोज मसान्तसम्म थप ३ लाख किसान सूचीकृत हुने जानकारी दिए। मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले उखु किसानले पाउन बाँकी…