बंगलादेशी कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने

बंगलादेशी कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले नेपालका ठूला १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण आगामी भदौदेखि सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको छनोटमा परेको हाउलादरले यसै साता नेपाल राष्ट्र बैंकसँग सम्झौता गरी काम सुरु गर्ने भएको हो । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा लिने क्रममा राखेका सर्तअनुसार १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण गर्ने भनेको थियो । सोही अनुसार केन्द्रीय बैंकले सुरु गरेको दोस्रो प्रक्रिया टुंगोमा पुर्‍याउँदै करिब साढे ४ करोड लागतमा आगामी महिनादेखि लेखा परीक्षण नै सुरु हुने भएको हो ।…

तीन सहकारी संस्थामा फस्याे ११ अर्ब ३४ करोड !

तीन सहकारी संस्थामा फस्याे ११ अर्ब ३४ करोड ! बागमती प्रदेशका तीन सहकारी संस्थामा ११ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढी बचतकर्ताको रकम फसेको पाइएको छ । लामो समयदेखि रकम नपाएको भन्दै बचतकर्ताले रकम फिर्ताको माग गर्दै हारगुहार गरेका छन् । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन सहकारीका अनुसार सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा ११ अर्ब ३४ करोड २२ लाख ९९ हजार रुपैयाँ बचत फिर्ताको माग गर्दै निवेदन दिएका छन् । यी तीन वटै सहकारी समस्याग्रस्त घोषणा भएपछि यसको सम्पूर्ण कामको व्यवस्थापन समितिले गरिरहेको छ ।…

सुनकाे मूल्यमा कीर्तिमान : ताेलामै २ लाख !

सुनकाे मूल्यमा कीर्तिमान : ताेलामै २ लाख ! नेपाली बजारमा सुन मूल्यले कीर्तिमान राखेको छ । सुनको मूल्य आज एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैयाँ कायम भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सेवा आयातमा विदेशी मुद्रा सटही सुविधा वृद्धि

सेवा आयातमा विदेशी मुद्रा सटही सुविधा वृद्धि नेपाल राष्ट्र बैंकले भारतबाहेक देशबाट सेवा आयात गर्दा प्रतिपटक विदेशी मुद्रा सटही सुविधा वृद्धि गरेको छ । केन्द्रीय बैंकले यसभन्दा अघि ५ हजार अमेरिकी डलर रहेको परिवर्त्य विदेशी मुद्रा सटही सुविधा ८ हजार डलर बराबर बनाएको हो । केन्द्रीय बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भारतबाहेक देशबाट सेवा आयात गर्न ८ हजार डलर बराबर विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था गरेको हो । त्यसैगरी केन्द्रीय बैंकले नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले प्रतिपटक ८ हजार डलरभन्दा बढीको विदेशी विनिमयमा दायित्व सिर्जना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नुपरे वा सेवाबापत…

११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर श्रीवास्तव पक्राउ

११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर श्रीवास्तव पक्राउ ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेका छन् । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् । सेयर कारोबारी दीपेन्द्र अग्रवालले सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका २ जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएको काठमाडौ प्रहरी परिसरले जनाएको छ । ‘मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख नपाएको भन्दै जाहेरी परेको थियो,’ परिसरका एक अधिकृतले भने, ‘ठगी कसुर सम्बन्धी…

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु काठमाडौंको भृकुटीमण्डपमा आज बुधबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा शुरु भएको नाइमा एक्स्पोको पहिलो दिनको सुरुवाती चरणमै नयाँ गाडी लञ्चको होडबाजी चल्यो । अधिकांश स्टलहरूमा नयाँ गाडीहरूको लञ्च गरियो । नाइमा एक्स्पो नयाँ तथा अत्याधुनिक सवारीसाधनको प्रदर्शनीसँगै विभिन्न कम्पनीबिच अफर र छुटको प्रतिस्पर्धाको केन्द्र बनेको छ । प्रदर्शनीमा सहभागी अटो मोबाइल कम्पनीहरूले आ–आफ्ना मोडेलमा आकर्षक छुट, सस्तो ब्याजदरमा फाइनान्स, एक्सचेन्ज अफर र विभिन्न गिफ्ट योजना प्रस्तुत गरेका छन् । एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी छन् । प्रदर्शनीमा १५ वटा दुई…

सागर डिस्टिलरीको आईपीओ साउन २८ गतेदेखि

सागर डिस्टिलरीको आईपीओ साउन २८ गतेदेखि मदिरा उत्पादन कम्पनी सागर डिस्टिलरीले साउन २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो । जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो । १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन हुने छ । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २ सय कित्ता सेयर खुल्नेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत उनीहरुले छिटोमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा भदौ ११ गतेसम्म…

कुलिङ पिरियडको गडबडीमा रामहरि खतिवडा नैतिक जिम्मेवार

छानबिन समितिकाे निश्कर्ष : कुलिङ पिरियड गडबडीमा खतिवडा जिम्मेवार संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिमा नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्ष निस्किएको छ । संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । उच्च पदस्थ कर्मचारीको हकमा पद अनुकूल आचरण गरेको नदेखिएको पनि छानबिन समितिको निष्कर्ष छ । पद अनुकूलको आचरण गरेको भए निजामती विधेयकको प्रतिवेदन लेखनमा त्रुटि नहुने बुझाइमा छानबिन समिति पुगेको हो । राज्य व्यवस्था समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभामा जाँदा समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको हस्ताक्षर थियो । त्यसैले…

नेपालको खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक

नेपालको खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक नेपालको खाद्य प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक प्राप्त गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रिय मान्यता (प्रत्यायन) मा उच्च अंक प्राप्त गरेको हो । विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले परीक्षण तथा मापन प्रयोगशालाका लागि प्रत्यायन बोर्ड (एनएबीएल) बाट अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी १७०२५:२०१७ अनुसार ८ सय १४ परीक्षण सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । विभागका अनुसार अब नेपालको आफ्नै प्रयोगशालामा परीक्षण भई गुणस्तरीय प्रमाणित भएका २२ वटा खाद्य समूहका ८ सय १४ नेपाली खाद्यवस्तु भारत बाहेक देशमा समेत विनाअवरोध निर्यात गर्ने…

‘भिजिट भिसा’मा विदेश जाने महिलाको सङ्ख्या बढ्याे

‘भिजिट भिसा’मा विदेश जाने महिलाको सङ्ख्या बढ्याे पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्यमूलुक जाने महिलाको सङ्ख्या उल्लेख्य रुपमा बढेकाे छ । भिजिट भिसामा जाने कूल सङ्ख्यामा महिलाको हिस्सा सन् २०२१ को १४.४ प्रतिशतबाट बढेर सन् २०२४ मा ४२.१ प्रतिशत पुगेको छ । खासगरी युएई र थाईल्याण्डजस्ता गन्तव्यमा महिला यात्रुहरुको सङ्ख्या उल्लेख्य रहेको तथ्याङ्क छ । त्यसैगरी, युएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा महिला यात्रुको कूल सङ्ख्या पुरुषको भन्दा बढी भएको छ । भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्दा म्याद भएको बैध राहदानी र यात्रा प्रयोजनसम्बन्धी भिसा, दुईतर्फी हवाई टिकट, खर्च…