सहकारी पीडितकाे माग सम्बाेधन गर्न कार्यदल बनाउने सहमति

आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधन गर्न कार्यदल बनाउने सहमति भएकाे छ । सहमतिसँगै सहकारी पीडितको १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनशन तथा धर्ना स्थगित भएको छ ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच सहमति भएको हो ।

सहकारी विभागका उप–रजिष्ट्रारको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गर्ने तय भएको छ । कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागबाट शाखा अधिकृत तहको सदस्य–सचिव र प्रदेश र स्थानीय तहबाट एक/एक जना प्रतिनिधित्व रहने गरी कार्यदल गठन गरिने भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेल, पूर्वआइजीपी एवं सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका सल्लाहकार सर्वेन्द्र खनाल, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरे, सहसचिव मदन कोइराला, बचतकर्ताका संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुसलभ केसी लगायतले सहमतिमा हस्ताक्षर गरेका छन् ।

अनसनमा बसेको सहकारी पीडितहरूलाई सचिव अर्जुन प्रसाद पोख्रेल, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरे लगायतले जुस खुवाएर अनसन स्थगित तोडेका थिए ।

समस्यामा परेका सहकारी बचतकर्ताहरूको बचत फिर्ता र ऋण असुली लगायतका विषयहरूको पहिचान तथा समाधानमा आवश्यक तथ्यांक संकलन र विश्लेषण लगायतका कार्यमा निरन्तर सहयोग गर्नका लागि कार्यदल बनाउने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सहकारी पीडितकाे माग सम्बाेधन गर्न कार्यदल बनाउने सहमति