टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ । यस लाभांश पारित गर्न कम्पनीले यही पुस ३० गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने जनाएको छ ।

Read more about the article यसरी हुन्छ क्यासिनाेमा ठगी
जिल्ला प्रहरी परिसर काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको क्यासिनोमा तास खेलनेहरूबाट बरामद गरिएका मोबाइल, हवाई टिकट, नेपाली तथा भारतीय नोट, पासापोर्ट, विभिन्न भारतीय ए

यसरी हुन्छ क्यासिनाेमा ठगी

यसरी हुन्छ क्यासिनाेमा ठगी नेपालमा क्यासिनो इभेन्ट गरी तासमा चिप र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी गर्ने गिरोह पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेकालाई सार्वजनिक गरिएको हो । काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोमा इभेन्ट नै आयोजना गरी उनीहरूले तासमा चिप र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुरेश माहाजन, दिनेश बर्मा, विक्रम सिंह , प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे छन् । क्यासिनो सञ्चालक, विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार…

सहकारी बैंकबाट लिने कर्जाको सीमामा कडाइ

सहकारी बैंकबाट लिने कर्जाको सीमामा कडाइ नेपाल राष्ट्र बैंकले सहकारी बैंकका सदस्य संस्थालाई कर्जा व्यवस्था कसिलो बनाएको छ । सहकारी बैंकबाट सदस्य सहकारीले ऋण लिँदा सहकारीका कर्जा सदस्यले लिएको भन्दा धेरै नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । कुनै सहकारीका सदस्यले कर्जा लिँदा राखेको धितोलाई सो सहकारीले फेरि सहकारी बैंकमा राख्न सक्छ । तर, यसरी ऋणीको धितो राखी सहकारीले कर्जा लिँदा उसको सदस्यले लगेको कर्जा भन्दा धेरै हुन नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसअघि सहकारीहरूले आफ्ना सदस्यको धितोलाई प्रयोग गरेर अधिक कर्जा लिने गरेका थिए । त्यसले गर्दा संस्थामा धेरै जटिलता समेत आइपरेका थिए । केन्द्रीय बैंकले विगतमा…

आन्दाेलनकाे पहिलाे टार्गेट निजी क्षेत्र पर्नु दु:खद् : ढकाल

आन्दाेलनकाे पहिलाे टार्गेट निजी क्षेत्र पर्नु दु:खद् : ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रकाश ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र पहिलो ‘टार्गेट’मा पर्नु दुःखद् भएको बताएका छन् । नवलपुर उद्योग वाणिज्य सङ्घको एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले हरेक समयमा हुने गरेका आन्दोलनका क्रममा निजी क्षेत्र पहिलो टार्गेटमा पर्ने गरेको भन्दै यो दुःखद् भएको बताएका हुन् । आन्दोलनका क्रममा निजी क्षेत्रका संरचना लुटपाट, तोडफोडका घटनाले उद्योगी व्यवसायीको आत्मविश्वास कमजोर पार्ने हुँदा यो सोचनीय विषय बनेको ढकालले बताए ।

सेयर काराेबारी अग्रवाल पक्राउ

सेयर काराेबारी अग्रवाल पक्राउ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । उनलाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । अग्रवालविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेको देखिएको छ। बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेका थिए तर उनले धितोपत्र सम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिएर भ्रामक सूचना सार्वजनिक गरेको आरोप छ। उक्त दफाको ‘ग’मा भनिएको छ, ‘बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने र बदनीयत साथ झूटा वा भ्रामक विवरण प्रतिज्ञा वा पूर्वअनुमान बनाउने वा प्रकाशित गर्ने ।’…

प्रभु बैंक प्रकरणले बैंकिङ क्षेत्र तरङ्गित : राष्ट्र बैंकको भूमिकामा प्रश्न

प्रभु बैंक प्रकरणले बैंकिङ क्षेत्र तरङ्गित : राष्ट्र बैंकको भूमिकामाथि प्रश्न प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन विगत १९ दिनदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् । प्रभु मनि ट्रान्सफरको रकम हिनामिनासँग जोडिएको एउटा पुरानो प्रकरणलाई लिएर सीआईबीले गत मङ्सिर १४ गते उनलाई नियन्त्रणमा लिएको थियो । एउटा ठुलो वाणिज्य बैंकका बहालवाला सीईओ यति लामो समयसम्म हिरासतमा हुँदा बैंकिङ क्षेत्र तरङ्गित छ । नेपाल बैंकर्स संघले शेरचनलाई हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान अघि बढाउन सीआईबीसमक्ष आग्रह गर्दै आएको छ । तर, अनुसन्धान टुंगोमा नपुगेको र थप सोधपुछ आवश्यक रहेको भन्दै प्रहरीले उनलाई छोड्न मानेको छैन ।…

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको दाबी गरेका छन् । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राखे । युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिए । “गएको तीन महिनामा १० प्रतिशतको हाराहारीमा राजस्व वृद्धि भएको छ । उत्पादकत्व र उत्पादन वृद्धि…

अमेरिकी डलरकाे मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरकाे मूल्य हालसम्मकै उच्च नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर…

चन्द्रागिरि हिल्सले हकप्रद शेयर जारी गर्ने

चन्द्रागिरि हिल्सले हकप्रद शेयर जारी गर्ने चन्द्रागिरि हिल्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले बोनस शेयर वितरणपछि कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश समेत पारित गर्न लागेको छ । जसका लागि पुस २३ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा चन्द्रागिरि हिल्स लिमिटेडको बटम स्टेशन परिसरमा आयोजना गरिने भएको छ । उक्त सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्ध…

दर्जनभन्दा बढी बैंकहरूले घटाए ब्याजदर

दर्जनभन्दा बढी बैंकहरूले घटाए ब्याजदर दर्जनभन्दा बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ । साेमबार सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशतविन्दु थियो । अहिले औसत ब्याजदर ०.२०६५ प्रतिशतबिन्दुले घटेको हो । १३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् । प्रभु बैंक…