सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट

सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंककाग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा रु ५०० को आकर्षक छूटपाउनेछन् । सो एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्तहुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनु का साथै नगदकारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुन सने विश्वास बैंकले लिएको छ ।बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाईडिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्रीसुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइनेसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको…

फोटोनले आफ्नो २८ औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनायो ।

फोटोनले आफ्नो २८ औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनायो । काठमाडौं, विश्वको अग्रणी व्यावसायिक सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८ औंवार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालमा यो अवसरलाई एमएडब्लु वृद्धिकमर्सियल भेहिकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनाएको थियो ।फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारी साधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाईथप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको थियो। कार्यक्रममा एमएडब्लुवृद्धिका अध्यक्ष श्री विष्णु अग्रवाल र प्रबन्ध निर्देशक श्री विवेक सिकरिया, सीईओ तुषार गुप्ता लगायत फोटननेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो। नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तरसफलता र स्थानीय समुदायको…

विदेशी विद्यार्थी भर्ना २ लाख ७० हजारमा सीमित गर्ने अष्ट्रेलियाकाे घाेषणा

विदेशी विद्यार्थी भर्ना २ लाख ७० हजारमा सीमित गर्ने अष्ट्रेलियाकाे घाेषणा अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यवसायिक शिक्षा प्रदायकमाझ नयाँ विदेशी विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ । घोषणाअनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यवसायिक शिक्षा र प्रशिक्षण (भीईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैरविश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार विदेशी विद्यार्थीलाई अनुमति दिनेछ । शिक्षामन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भीईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाए । उनले निर्धारित…

नाडा अटो शो सुरु

नाडा अटो शो सुरु नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो शो सुरु गरेको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिएको छ । नाडा अटो शोका संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा २४ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुई–पांग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडी प्रदर्शनीमा राखिएको जानकारी दिए । लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरणलगायत ३३ कम्पनीहरू अटो शोमा सहभागी छन् । यस्तै ७ वित्तीय संस्थाका स्टलहरू समेत अटो शोमा छन् । नाडाका अनुसार प्रदर्शनीमा १३० वटा स्टल छन् ।

अवैध लागु‌‌औषध काराेबार गर्ने पटेल पक्राउ

अवैध लागु‌‌औषध काराेबार गर्ने पटेल पक्राउ बारा, पर्सा, रौतहटलगायत जिल्लामा अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका एक ब्यक्ति बारा प्रहरीको फ़न्दामा परेका छन् । लागुऔषधको कारोबार लगायत बिभिन्न मुद्दामा फरार रहेका रौतहट बिजयपुर–७ का २४ बर्षीय रामबिनयप्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो । पटेल बिरुद्ध बिभिन्न जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले पटेललाई पक्राउ गर्न सफल भएको थिएन । इलाका प्रहरी कार्यालय निजगढका प्रहरीले पटेललाई बाराको निजगढ नगरपालिका–९ सहिद चोकबाट नियन्त्रण लिएको हाे । प्रहर असार १ मा निजगढ-७ घर भएका विकास रुम्बा २५० पिस लागुऔषध ट्रामाडोल ट्याब्लेटसहित पक्राउ परेका थिए । रुम्बाले पटेलसँग ट्याब्लेट किनेर निजगढका बिभिन्न…

वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न यशोदा फुड्सलाई सर्वाेच्चकाे आदेश

वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न यशोदा फुड्सलाई सर्वाेच्चकाे आदेश सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि सीजी फुड्स अदालत पुगेको थियो । अदालतले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो । सो आदेश विरुद्द यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्छ भन्ने भनाइसहित सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । यशोदा फुड्सद्वारा उत्पादीत…

ज्याेति विकास बैंककाे खराब कर्जा बढ्दै

ज्याेति विकास बैंककाे खराब कर्जा बढ्दै राष्ट्रिय स्तरकाे विकास बैंक भनेर चिनीन नपाउँदै खराब कर्जाका कारण डरलाग्दो रूप लिन लागेको ज्योति बिकास बैंक कुनै पनि बेला राष्ट्र बैंकले हस्तक्षेप गर्छ कि भन्ने डरमा रहेको चर्चा छ । विद्युत प्राधिकरणका पीएनदेखि शाखा अधिकृतसम्मकाे लगानी रहेको ज्योती विकास बैंकको खराब कर्जा करिब ४.५ प्रतिशत हाराहारी पुगेको छ । राष्ट्रिय स्तरका विकास बैंकमध्ये राम्रो ज्योति बिकास बैंकको यो अवस्था आउनुले लगानीकर्तामा निरासा छाएको छ । निष्क्रिय कर्जा धेरै हुनेमा ज्योति विकास बैंक पनि पर्छ । गत आर्थिक वर्ष यस बैंकको निष्क्रिय कर्जा ४.९५ प्रतिशत पुगेको थियो । अघिल्लो आर्थिक बर्षमा निष्क्रिय कर्जा ३.४३…

आयल निगमका ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा

आयल निगमका ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा नेपाल आयल निगम लिमिटेडले ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा गरेको छ । निगम व्यवस्थापनको निर्णयअनुसार मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा उपनिर्देशक प्रलयंकर आचार्यलाई पठाएको छ । उनी केन्द्रीय कार्यालयको प्रशासन महाशाखामा थिए । अमलेखगंजका विनीतमणि उपाध्यायको केन्द्रीय कार्यालय इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुखमा सरुवा भएको छ । पाइपलाइन तथा भण्डारण गृहलगायतका ठूला परियोजना निर्माण गर्ने यो विभागको एक वर्षयता कार्यसम्पादन सन्तोषजनक नभएकाले न्यून बजेट खर्च भएको भन्दै  । उपाध्यायलाई इन्जिनियरिङ विभागको नेतृत्वमा ल्याएको छ । सबै कर्मचारीहरू अनुभव र कार्यक्षमताका आधारमा सरुवा भएका छन । चालू आव ०८१/८२ मा निगमले अमलेखगन्ज–चितवन तथा सिलगुढी–झापा पाइपलाइन…

११ जीवन बीमा कम्पनीकाे नाफा बढ्याे, तीन वटाकाे घट्याे

११ जीवन बीमा कम्पनीकाे नाफा बढ्याे, तीन वटाकाे घट्याे जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूमध्ये ११ वटाले नाफा बढाएका छन् भने छ तीन वटाले घटाएका छन् । यस वर्ष नाफा घट्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेटा लाइफ इन्स्योरेन्स र सननेपाल लाइफ इन्स्योरेन्स छन् । यी कम्पनीहरूको नाफा २६.५३ प्रतिशतदेखि ६८.३४ प्रतिशतसम्मले घट्न पुगेको छ । नेप्सेमा सूचिकृत १४ वटा जीवन बीमा कम्पनीहरूले आर्थिक वर्षभरिमा कूल ५ अर्ब ७३ करोड ३२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको नाफाको तुलनामा १५.१८ प्रतिशतले बढी…

कसरी हरायाे टेलिकमका पाेष्टपेड प्रयाेगकर्ताकाे ब्यालेन्स ?

कसरी हरायाे टेलिकमका पाेष्टपेड प्रयाेगकर्ताकाे ब्यालेन्स ? नेपाल टेलिकमका लाखौं पोस्टपेड मोबाइल प्रयोगकर्ताको ब्यालेन्स शुक्रबार गायब भएको छ । ग्राहकको फोनमा ब्यालेन्स कम हुने तथा वन वे हुने समस्या देखिएको हो । टेलिकमका प्रवक्ता किशोरकुमार भट्टका अनुसार कम्पनीको सिस्टममा समस्या आउँदा केही समयका लागि कल ब्यारियर हुने समस्या देखिएको थियो । 'हाम्रो सिस्टममा समस्या आउँदा पोस्टपेड ग्राहकले समस्या सामना गर्नुपर्‍यो,' प्रवक्ता भट्टले भने, 'अहिले यो समस्याको समाधान भएको छ ।' यसरी टेलिकमको सेवामा समस्या आउँदा धेरै प्रयोगकर्ताले ब्यालेन्स रिचार्ज गरी सेवा सुचारु गरेका थिए ।