अब बोनस सेयर दिँदा कम्पनीहरूले कर व्यवस्था गर्नुपर्ने

अब बोनस सेयर दिँदा कम्पनीहरूले कर व्यवस्था गर्नुपर्ने अब सेयर बजारमा सूचीकृत कम्पनीहरुले सेयरधनीलाई लाभांशस्वरुप बोनस सेयर प्रदान गर्दा आवश्यक कर रकम पनि व्यवस्थापन गर्नुपर्ने भएको छ। बोनस सेयर घोषणा गर्दा कम्पनीले नै करका लागि उपयुक्त रकम लाभांशबाट अनिवार्य मिलान गर्नुपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई दशौं पटक संशोधन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको हो । यसअघि निर्देशिकामा यसलाई समेटिएको थिएन । जसले गर्दा कम्पनीले बोनस सेयर दिए पनि सोको कर प्रयोजनका लागि नगद छुट्याउनुपर्ने अनिवार्य व्यवस्था थिएन । यद्यपि अधिकांश कम्पनीले बोनस सेयरका लागि आवश्यक कर रकम पनि नगद लाभांशका रुपमा घोषणा गरी…

काेभिड सामग्री खरिदमा भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा

काेभिड सामग्री खरिदमा भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडामा कोभिड–१९ का लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री खरिद प्रक्रियामा अनियमितता र मनोमानी भएको ठहर गर्दै ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार बोलपत्र प्रक्रियामा कम मूल्य कबोल गर्ने प्रतिस्पर्धी बोलपत्रदातालाई अन्यायपूर्वक हटाई बढी मूल्य कबोल गर्ने आपूर्तिकर्तालाई लाभ हुने गरी बोलपत्र मूल्याङ्कन समिति र सम्बन्धित कर्मचारीले मिलेमतोपूर्ण निर्णय गरेका थिए । यसरी गरिएको गैरकानूनी कार्यबाट राज्यको झण्डै ३१ लाख १७ हजार ८९ रुपैयाँ बराबरको आर्थिक हानी भएको दाबी गर्दै सोही परिमाणको बिगो असुल र कानूनअनुसारको कैद तथा…

वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि

वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउनदेखि कार्तिकसम्म) को अवधिमा मुलुकको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष (२०८१/८२) को सोही अवधिमा ५ खर्ब ६६ अर्बको व्यापार भएकोमा यस वर्ष बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको हो । भन्सार विभागले आइतबार सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष (२०८१/८२) को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख…

सोलु हाइड्रोपावरको आईपीओ खुल्याे

सोलु हाइड्रोपावरको आईपीओ खुल्याे सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि खुलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको हो । यी समूहमा आईपीओ बाँडफाँटपछि मात्रै आम सर्वसाधारणका लागि निष्कासन हुनेछ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १ करोड कित्ता सेयर छुट्याइएको छ । सोलुखुम्बुको दुधकुन्ड नगरपालिका ७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिका १ का स्थानीयबासीलाई ४० लाख कित्ता, यी दुई पालिकाका ती वडाबाहेक अन्य वडालाई ६० लाख कित्ता सेयर…

सरकार स्वामित्वका १० निकायका कोषमा ४० अर्बभन्दा बढी माैज्दात

सरकार स्वामित्वका १० निकायका कोषमा ४० अर्बभन्दा बढी माैज्दात सरकारी निकायहरूका १० वटा कोषमा मात्रै ४० अर्ब भन्दा बढी रकम मौज्दात रहेको पाइएको छ । हालै सरकारले गराएको एक अध्ययनअनुसार सार्वजनिक संस्था र निकायहरूमध्ये १० वटा निकायहरूले उपदान, निवृत्तिभरण, अवकाश सुरक्षण रकम, औषधि उपचार खर्च प्रयोजनका लागि भन्दै कोष खडा गरेर अर्बौं रकम राखेका छन् । विनियमावली अनुसार उनीहरुले कर्मचारीले पाउने रकम भुक्तानी गर्न कोष खडा गरी आफैँले व्यवस्थापन गरेको प्रतिवेदनमा उल्लेख छ । आफैँले व्यवस्थापन गर्दा उक्त रकम अन्य प्रयोजनमा समेत खर्च हुने र अवकाश दायित्व भुक्तानी गर्ने समयमा समस्या आउने अवस्था आएको प्रतिवेदनमा छ । १० वटा कोषमध्ये…

आईपीओ जारी गर्दै स्टेल ड्रिम पार्क

आईपीओ जारी गर्दै स्टेल ड्रिम पार्क स्टेल ड्रिम पार्कको साधारण शेयर (आईपीओ) जारी हुने भएको छ । उक्त पार्ककको सञ्चालक कम्पनी आयु इन्टरटेनमेन्टले जारी पूँजीको २० प्रतिशतले हुनेगरी सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको दरले ३० लाख कित्ता शेयर निष्कासन हुनेछ । उक्त शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ । यसका लागि बुधबार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरीस्थित कार्यालयमा दुई पक्षबीच बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएकाे थियाे । सम्झौतापत्रमा आयु इन्टरटेन्मेन्टका तर्फबाट अध्यक्ष कदम केसी तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेज्यूले हस्ताक्षर गरे । सारथी…

उपदान तथा पेन्सनको तीन अर्ब ५३ करोड लगानी गर्न राष्ट्र बैंकद्वारा आसयपत्र आह्वान

उपदान तथा पेन्सनको तीन अर्ब ५३ करोड लगानी गर्न राष्ट्र बैंकद्वारा आसयपत्र आह्वान नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७ बजेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकले यो रकम एक वर्षका लागि लगानी गर्न लागेको हो । सूचनामा वाणिज्य बैंकमा दुई अर्ब ८२ करोड ४० लाख रुपैयाँ, विकास बैंकमा ५२ करोड ९५ लाख रुपैयाँ र वित्त कम्पनीमा १७ करोड ६५ लाख रुपैयाँ बराबरको…

काठमाडौंबाट ‘डाइभर्ट’ भएका विमान अब भैरहवा विमानस्थल जाने

काठमाडौंबाट ‘डाइभर्ट’ भएका विमान अब भैरहवा विमानस्थल जाने नेपाल एयरलाइन्सका जहाज काठमाडौंबाट ‘डाइभर्ट’ भए अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएका छन् । अहिले काठमाडौंमा जहाज अवतरण हुन नसके भारतीय विमानस्थलमा जाने गरेका छन् । नेपाल वायुसेवा निगमले ३ मंसिरदेखि लागु हुने गरी डाइभर्ट गर्ने विमानस्थलका रूपमा भैरहवालाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरेको हो । निगम प्रवक्ता अनिल घिमिरेका अनुसार यस निर्णयले निगमको खर्च कटौती हुने विश्वास लिइएको छ । यसबाहेक पोखरा विमानस्थललाई समेत वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न अध्ययन थालनी गर्ने निर्णय गरेको समेत उनले जानकारी दिए ।

दुमो बचत सहकारीको अध्यक्षमा जीबन मंग्राती

दुमो बचत सहकारीको अध्यक्षमा जीबन मंग्राती काभ्रेको बनेपा नगरपालिका–४,मा रहेको दुमो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीवन मंग्राती निर्वाचित भएका छन्। संस्थाको १६ औं वार्षिक साधारण सभा र ५ औं अधिवेशनले मंग्रातीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिमा उपाध्यक्षमा कृष्णमाया मिजार, सचिवमा कुमार रम्तेल, कोषाध्यक्षमा केशब बोगटी र सदस्यमा मिलन परियार, विकास रम्तेल र निरमाया खड्का रहेका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामकृष्ण परियार र सदस्यमा शिवहरि मिजार तथा कृष्णबहादुर बोगटी चयन भएका छन्। साधारण सभा क्षेत्रगत रूपमा १२ ठाउँमा इकाई भेला गरी सम्पन्न भएको थियो। सहकारीको हाल १ करोड ५६ लाख सात हजार ६ सय रुपैयाँ शेयर…

नबिल बैंकले जारी गर्‍याे नयाँ डेबिट कार्ड

नबिल बैंकले जारी गर्‍याे नयाँ डेबिट कार्ड नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, “बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै आएको छ, यसै यात्रामा नयाँ डेविट कार्ड जारी गरिएको हो ।” मास्टरकार्ड, दक्षिण एसियाका प्रडक्ट एण्ड सोलुसनका वरिष्ठ उपाध्यक्ष रवि…