एनआईसी एशिया बैंकका सीईओ शाक्यले पदभार सम्हाले

एनआईसी एशिया बैंकका सीईओ शाक्यले पदभार सम्हाले एनआईसी एशिया बैंक लिमिटेडका सीईओ सुजितकुमार शाक्यले पदभार सम्हालेका छन् । बैंकको ७३६औं सञ्चालक समिति बैठकले उनलाई सीईओ नियुक्त गरेको थियो । करिब तीन दशकदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा काम गरेको शाक्यकको अनुभव छ । उनले भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इनकमर्श र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट लखनउबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सन् १९९६ देखि तत्कालीन नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा सुरू गरेका उनले हिमालयन बैंक, तत्कालीन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालीन बैंक अफ एशिया माबिजनेस बैंकिङ्ग प्रमुखका रुपमा काम गरेका थिए । तत्कालीन बैंक अफ…

चेम्बर अफ कमर्स र विश्व बैंकबीच लगानीका अवसरबारे छलफल

चेम्बर अफ कमर्स र विश्व बैंकबीच लगानीका अवसरबारे छलफल नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरू एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो । छलफलका क्रममा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, ‘जेनजी आन्दोलन’पछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीति तथा कानुनी सुधारका आवश्यक पक्ष र दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा राखे । प्राकृतिक स्रोतका दृष्टिकोणले नेपाल दक्षिण एसियाकै उत्कृष्ट रहेको…

पाेखरा सहकारीकाे ८८ कराेड हिनामिना, ७ जना पक्राउ

पाेखरा सहकारीकाे ८८ कराेड हिनामिना, ७ जना पक्राउ पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो । पोखरा नयाँबजारमा प्रमुख कार्यालय रहेको सहकारीको रकम अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, वर्तमान सुपरभाइज मार्केट प्रमुख वेदीप्रसाद सुवेदी, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहालसहितको कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको हो । उनीहरू पक्राउ परेका छन् । सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ…

तोलामा १४ सय रुपैयाँ घट्याे सुन

तोलामा १४ सय रुपैयाँ घट्याे सुन मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो । असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ । असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको…

मलेसियाकाे नयाँ मापदण्डबारे मन्त्रालयले माग्याे आधिकारिक धारणा

मलेसियाकाे नयाँ मापदण्डबारे मन्त्रालयले माग्याे आधिकारिक धारणा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारबाट आएको १० बुँदे मापदण्डबारे म्यानपावर व्यवसायीको धारणा माग गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई पत्र पठाउँदै मलेसियाले तोकेको मापदण्डबारे आधिकारिक धारणा माग गरेको हो । मलेसिया सरकारले नेपालसहित विभिन्न ५ देशका म्यानपावर व्यवसायीहरूका लागि १० बुँदे मापदण्ड तय गरेको थियो । सोही अनुसारको मापदण्ड पूरा गरेका कम्पनीको सूची बुझाउन भन्दै मलेसियाको परराष्ट्र मन्त्रालयले नेपाललाई पत्राचार गरेको थियो । उक्त पत्रमा मलेसियामा नेपाली कामदार पठाउने म्यानपावर कम्पनीहरूको जानकारी माग गरी त्यसका लागि निर्धारण गरिएका १० वटा अनिवार्य शर्तहरू राखेर १५ नोभेम्बर, २०२५ भित्र जवाफ…

एनआईसी एशिया बैंकको सीईओमा शाक्य नियुक्त

एनआईसी एशिया बैंकको सीईओमा शाक्य नियुक्त एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित शाक्य नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव दिपेन कार्कीका अनुसार एनआईसीको सीईओमा शाक्यलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो । शाक्यले सीईओको कार्यभार आगामी ३० दिनभित्र सम्हाल्नेछन् । उनी यसअघि नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) थिए । शाक्य ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक निवासी हुन् ।

कुलमानकाे प्रतिबद्धतापछि हट्याे फाेहाेरकाे अवराेध

कुलमानकाे प्रतिबद्धतापछि हट्याे फाेहाेरकाे अवराेध काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्तत: हटेको छ । सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत सहित टोली लिएर आइतबार बिहान बन्चरेडाँडा पुगेका थिए । टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुका साथै ल्यान्डफिल साइट…

नेप्से परिसूचक ३०.७५ अङ्कले बढ्याे

नेप्से परिसूचक ३०.७५ अङ्कले बढ्याे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । अघिल्लाे काराेबार दिनकाे तुलनामा परिसूचक ३०.७५ अङ्कले बढेको हो । योसँगै परिसूचक २६३१.१४ विन्दुमा पुगेको छ । बजारमा आज ९ अर्ब १० करोडको कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनभन्दा झण्डै डेढ अर्बले बढी हो । गत विहीबार ७ अर्ब ५१ करोडको कारोबार भएको थियो । बजारमा आज १९८ कम्पनीको मूल्य बढेको छ । ५० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ । ट्रेडिङ सेक्टर बाहेक बजारका सबै समूहको सूचक बढेको छ । फाइनान्स क्षेत्रमा ५.१७ प्रतिशत र जीवन बीमा क्षेत्रमा ४.३५ प्रतिशत माथिको…

उद्याेगकाे लाइन काट्दा दैनिक ६ कराेड घाटा

उद्याेगकाे लाइन काट्दा दैनिक ६ कराेड घाटा देशभरिका २५ उद्योगको लाइन काट्दा दैनिक ६ करोड रुपैयाँभन्दा बढी घाटा लागेको छ । अहिले देशभरिका १६ जलविद्युत् आयोजनाको ४ सय ५० मेगावाट विद्युत् ‘कन्टिन्जेन्सी’ मा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । विद्युत् कन्टिन्जेन्सी भनेको उत्पादन भए पनि प्राधिकरणले नकिनेको विद्युत् हो । त्यसरी ठूलो मात्रामा प्राधिकरणले बिजुली नकिनिदिएपछि निजी क्षेत्रका जलविद्युत् कम्पनीलाई दैनिक करिब ६ करोड रुपैयाँ नोक्सान भइरहेको छ । प्राधिकरणले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विवादमा ४ कात्तिकदेखि विभिन्न उद्योगको लाइन काट्न थालेको थियो । सुरुमा ६ उद्योगको लाइन काटिएकोमा पछि २५ उद्योगको लाइन काटिएको थियो । ती उद्योगले दैनिक…

मलेसियाकाे नयाँ नियम नमान्ने व्यवसायीकाे घाेषणा

मलेसियाकाे नयाँ नियम नमान्ने व्यवसायीकाे घाेषणा वैदेशिक रोजगार व्यवसायीहरूले मलेसियाली सरकारले नेपालसहितका पाँच राष्ट्रका लागि लागू गर्न खोजेको नयाँ नीति नेपालको संविधान विपरीत रहेकाले अस्वीकार गर्ने बताएका छन् । हालै मलेसियाले नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र म्यानमारका कम्पनीका लागि मापदण्ड तोकेको छ । ती मापदण्ड पूरा गरेका कम्पनीले पठाएका कामदार मात्रै लिने गरी मापदण्ड तय गरेपछि उनीहरूले संविधान विपरीतको नीतिलाई अस्वीकार गर्ने बताएका हुन् । मलेसियाली सरकारको नयाँ नीतिपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा छलफल भएको र संविधान विपरीतका यस्ता कार्यलाई आफूहरूले अस्वीकार गर्ने नीति लिएको संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले १५ राष्ट्रबाट मलेसियाले…