प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार कायम

प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार कायम  बुधबार नेपाली बजारमा सुनको मूल्यमा २६ सयको वृद्धिसँगै ऐतिहासिक रेकर्ड कायम गरेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार कायम भएको छ । मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार ४०० पुगेको थियो। आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

वीरगञ्ज नाकाबाट दुई महिनामा २६ अर्बको पेट्रोलियम आयात

वीरगञ्ज नाकाबाट दुई महिनामा २६ अर्बको पेट्रोलियम आयात वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो । गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । आयात बढेसँगै एक अर्ब २९ करोड बढी राजस्व समेत सङ्कलन भएको छ । त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट रु…

जेनजी प्रदर्शनकाे क्षति : २२ अर्बकाे बिमा दाबी

जेनजी प्रदर्शनकाे क्षति : २२ अर्बकाे बिमा दाबी जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका…

बिदामा पनि आरटिजिएस प्रणालीबाट काराेबार

बिदामा पनि आरटिजिएस प्रणालीबाट काराेबार घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । 'सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छ', राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ । आरटिजिएस ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।

सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख १७ हजार ८०० पुग्याे

सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख १७ हजार ८०० पुग्याे सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा काराेबार भएकोमा आज सात सय बढेको हो । त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सानिमा बैंकले ७‍‍.४ प्रतिशत लाभांश दिने

सानिमा बैंकले ७‍‍.४ प्रतिशत लाभांश दिने सानिमा बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले शुक्रबार बसेको बैठकमा उक्त प्रस्ताव पारित गरेको हो। हाल बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ। ७.३६८५ प्रतिशत नगद लाभांशमा कर सहित करिब रु. १ अर्ब ७ लाख ५४ हजार ७००.१५ वितरण हुने बैंकले जनाएको छ। लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र साधारण सभाबाट अनुमोदन भए पश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ। सानिमा बैंक हाल देशको सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा…

४.४४ प्रतिशतले बढ्याे सेयर बजार

४.४४ प्रतिशतले बढ्याे सेयर बजार सेयर बजार आइतबार ४.४४ प्रतिशत बढेको छ । १११ अंक बढेसँगै नेप्से परिसूचक २६२३ अंकमा कायम भएको छ । अघिल्लो दिन २५११ अंकमा झरेको थियो । आजको अंक अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनापछिको हो । भारित औसत मूल्य गणनाअघि नेप्से ११६ अंक बढेको थियो । मंगलबारदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटाइने भएको छ । सुरुवाती कारोबारका क्रममा बजार उथलपुथल भए पनि साढे ११ बजेपछि उकालो लागेको नेप्से अन्तिम समयसम्म कायम रह्यो । ९ अर्ब १७ करोडको कारोबार भएको छ । २२४ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो । व्यापार…

अर्थतन्त्र जगाउन निजी क्षेत्रले माग्याे सरकारसँग सुरक्षा

अर्थतन्त्र जगाउन निजी क्षेत्रले माग्याे सरकारसँग सुरक्षा अर्थतन्त्र पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षा अपेक्षा रहेको बताए । ‘हामी सम्हालिँदै र सरकारलाई सघाउँदै सहकार्य गर्न तयार छौं,’ अध्यक्ष ढकालले भने । उनले आन्दोलन क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्त्व बुझ्न नसकिएको रूपमा हेर्न सकिने बताए । महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययन अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत…

काेटेश्वर भाटभटेनीमा पनि भेटियाे शव

काेटेश्वर भाटभटेनीमा पनि भेटियाे शव कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए । शरीर पूरै जलेकाले पहिचान हुन सकेको छैन । यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शव त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । त्यसअघि धरानकाे भाटभटेनीमा पनि चारवटा शव भेटिएकाे थियाे ।

अर्बाैंकाे क्षतिपछि बाैरिँदै भाटभटेनी

अर्बाैंकाे क्षतिपछि बाैरिँदै भाटभटेनी जेन जी आन्दोलनका क्रममा आक्रमणमा परेको भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा आएको छ । भाटभटेनीले आगजनीबाट जोगिएका शाखाहरू सञ्चालनमा ल्याएको हो । उपत्यकामा सञ्चालन भएका शाखाहरूमा टोखा, सातदोबाटो, अनामनगर, सनागाउँ, यूडब्लुएटीसी, पाटन, कलंकी, राधेराधे र बालाजु रहेका छन् । उपत्यकाबाहिर नेपालगन्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखा खुल्ने सूचिमा परेका छन् । भाटभटेनी केवल पसल मात्र नभएर परिवारसमेत रहेकोले अब पुनः उही विश्वास, माया र प्रतिबद्धतासहित सेवा दिन तयार रहेको जनाएको छ । भाटभटेनी सुपरमार्केटले दुखद क्षणबाट गुज्रिएपनि अझै आशा नहराएकाे जनाएकाे छ । जेनजी आन्दोलनमा आन्दाेलनकारीेेले भाटभटेनीकाे विभिन्न ब्रान्चमा आगजनी, ताेडफाेड, लुटपाट मच्चाउँदा…