अर्बाैंकाे क्षतिपछि बाैरिँदै भाटभटेनी

जेन जी आन्दोलनका क्रममा आक्रमणमा परेको भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा आएको छ । भाटभटेनीले आगजनीबाट जोगिएका शाखाहरू सञ्चालनमा ल्याएको हो ।

उपत्यकामा सञ्चालन भएका शाखाहरूमा टोखा, सातदोबाटो, अनामनगर, सनागाउँ, यूडब्लुएटीसी, पाटन, कलंकी, राधेराधे र बालाजु रहेका छन् ।

उपत्यकाबाहिर नेपालगन्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखा खुल्ने सूचिमा परेका छन् ।

भाटभटेनी केवल पसल मात्र नभएर परिवारसमेत रहेकोले अब पुनः उही विश्वास, माया र प्रतिबद्धतासहित सेवा दिन तयार रहेको जनाएको छ । भाटभटेनी सुपरमार्केटले दुखद क्षणबाट गुज्रिएपनि अझै आशा नहराएकाे जनाएकाे छ ।

जेनजी आन्दोलनमा आन्दाेलनकारीेेले भाटभटेनीकाे विभिन्न ब्रान्चमा आगजनी, ताेडफाेड, लुटपाट मच्चाउँदा अर्बौंकाे क्षति भएकाे छ ।

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न ब्रान्चमा सामान चाेरी, लुटपाट, आगजनीकाे भिडियो राख्दै सबैकाे साथले उठ्ने साहस दिइरहेकाे भाटभटेनीले उल्लेख गरेकाे छ । पसलहरू ध्वस्त भए पनि सबैकाे साथले अझ माथि उठ्न मजबुत महसुस गरिरहेकाे भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले बताएका छन् ।

अहिले जलेका भाटभटेनीमा हजाराैं सहयाेगी हातहरूलेसफा गर्न मद्दत गरिरहेकाे, आँसु पुसिरहेकाले फेरि आफूहरूलाई उठ्न शक्ति दिइरहेकाे बताएकाे छ।

जेनजीकाे आन्दोलनकाे नाममा देशभर रहेका १२ वटा भाटभटेनीमाथि आगजनी गरेर पूर्ण रूपमा नष्ट भएकाे छ भने लाखाैँले राेजगारी गुमाएका छन् । केहीले यही माैकामा भाटभटेनीबाट सामानहरू चाेरेर लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

अर्बाैंकाे क्षतिपछि बाैरिँदै भाटभटेनी