अब बोनस सेयर दिँदा कम्पनीहरूले कर व्यवस्था गर्नुपर्ने
अब बोनस सेयर दिँदा कम्पनीहरूले कर व्यवस्था गर्नुपर्ने अब सेयर बजारमा सूचीकृत कम्पनीहरुले सेयरधनीलाई लाभांशस्वरुप बोनस सेयर प्रदान गर्दा आवश्यक कर रकम पनि व्यवस्थापन गर्नुपर्ने भएको छ। बोनस सेयर घोषणा गर्दा कम्पनीले नै करका लागि उपयुक्त रकम लाभांशबाट अनिवार्य मिलान गर्नुपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई दशौं पटक संशोधन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको हो । यसअघि निर्देशिकामा यसलाई समेटिएको थिएन । जसले गर्दा कम्पनीले बोनस सेयर दिए पनि सोको कर प्रयोजनका लागि नगद छुट्याउनुपर्ने अनिवार्य व्यवस्था थिएन । यद्यपि अधिकांश कम्पनीले बोनस सेयरका लागि आवश्यक कर रकम पनि नगद लाभांशका रुपमा घोषणा गरी…