प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार कायम
प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार कायम बुधबार नेपाली बजारमा सुनको मूल्यमा २६ सयको वृद्धिसँगै ऐतिहासिक रेकर्ड कायम गरेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार कायम भएको छ । मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार ४०० पुगेको थियो। आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।