सरकारी निकायसँग भाइबरकाे साझेदारी

राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायसँग साझेदारी गर्ने भएको छ। यस सहकार्यको उद्देश्य महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचना प्रदान गर्ने र समुदायको सहभागिता बढाउन नागरिकलाई अन्तर्क्रियात्मक अभियानहरूमा संलग्न गराउनु रहेको रहेको भाइबरले जनाएको छ।

यस पहलको एक अङ्गको रूपमा राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सार्वजनिक सूचनाहरुमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो सङ्ख्या प्रस्तुत गर्नेछ। यी च्यानलहरूले नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनका लागि केन्द्रीकृत हबको रूपमा काम गर्नेछन्।

यसबाहेक भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वास्थ्य सूचना अभियान सुरु गर्न बलियो साझेदारी स्थापना गरेको छ। स्वास्थ्य सूचना पहलको एक अेंशको रूपमा, आम जनताले आधिकारिक दिशानिर्देशहरू र विश्वसनीय स्रोतहरूबाट प्रत्यक्ष रूपमा प्राप्त हुने अन्य महत्वपूर्ण जानकारीसहित सही र समयमै स्वास्थ्य सम्बन्धी विविध सामग्रीमा पहुँच पाउनेछन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सिनियर हेल्थ एडमिनिस्ट्रेटर डा. प्रकाश बुढाथोकीले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै स्वास्थ्य सम्बन्धित जानकारी जनमानसमा पुर्‍याउने प्रयासलाई विस्तार गर्न भाइबरसँग मिलेर काम गर्न पाउँदा खुसी लागेको बताए ।

राकुटेन भाइबरको गोपनीयता र सुरक्षाप्रतिको प्रतिबद्धताका कारण पनि प्रयोगकर्ताहरूले सरकारी सञ्चारक लागि आधिकारिक र विश्वसनीय स्रोतको रूपमा यस प्लेटफर्ममा विश्वास गर्न सक्ने राकुटेन भाइबर, एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सरकारी निकायसँग भाइबरकाे साझेदारी