दोषी उम्किन नपाउने गरी निष्कर्ष दिन सहकारी छानबिन समितिलाई प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम अपचलन गर्नेहरुको अनुहार नभइ व्यवहार हेरेर कारबाही गर्न संसदीय समितिसँग आग्रह गरेका छन्।

सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा शनिवार बोल्दै उनले समितिसँग सो आग्रह गरेका छन् । उनले कोही निर्दोषमाथि कुनै प्रकारको औंलो नठडिने र दोषी उम्किन नदिने गरी समितिको निस्कर्ष बनाउन आग्रह गरे ।

उनले सहकारी पौडी खेल्ने नभइ धेरै खेले स्वीमिङ पुलसम्म पौडी खेल्न सक्ने टिप्पणी गरे। उनले सहकारीका माध्यमबाट अनेक तरिकामार्फत गरिएको शोषण, लुट, ठगीहरुलाई नियन्त्रण गर्न नदिनका लागि सरकारले पनि काम गरिरहेको बताए। उनले समितिले दिएका सुझावहरुको कार्यान्वयन गर्न सरकार तयार रहेको बताए ।

सरकारले आवश्यक ऐन बनाउनुपर्ने ठाउँमा ऐन बनाएर, ऐनलाई नियममा परिणत गर्नुपर्दा नियम बनाएर, नियमन गरेर बदुमासी हुन नदिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रका समस्या समाधान गर्न उपायहरु समेत समितिले सरकारलाई दिनुपर्ने बताए। उनले समितिलाई सरकारले निर्देशन दिने भन्दा पनि समितिले सरकारलाई निर्देशन दिनुपर्ने बताए । सहकारी कसैप्रति उत्तरदायी हुनु नपर्ने र एक दुई जनाको गरिखाने, ठगी खाने भाँडो हुनु नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

दोषी उम्किन नपाउने गरी निष्कर्ष दिन सहकारी छानबिन समितिलाई प्रधानमन्त्रीकाे आग्रह